एम्बुलेन्समा गाँजा तस्करी, पक्राउ परे विराटनगरका जयदेव चेल

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसारपसार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपलिका-८ का ४८ वर्षीय जयदेव चेल रहेका छन् ।

उनलाई धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार एम्बुलेन्समा गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा उनी पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गरेको थियो ।

सो एम्बुलेन्सभित्र लुकाई छिपाई राखेको ५२ केजी गाँजा बरामद भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रकाशित समय: आईतबार १३ फाल्गुण, २०८०, १९:०४:४७
दीपक भट्ट र सुलभलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यालयमा भ्रष्टाचार आरोपमा ८ जनाविरुद्ध मुद्दा दायर
बुधबार ९ ब‌ैशाख, २०८३
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
बुधबार ९ ब‌ैशाख, २०८३
‘इभी’को भाडा नबढाउन यातायात व्यवस्था विभागको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
सुदन किरातीले प्रलोपाबाट दिए राजीनामा, ५ महिनाको यात्रा समाप्त
बुधबार ९ ब‌ैशाख, २०८३
प्रलोपाको साधारण सदस्य समेत नरहने सुदन किरातीको घोषणा
बुधबार ९ ब‌ैशाख, २०८३
फेरी घट्यो  सुन–चाँदी दुवैको मूल्य 
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
गगन थापा आज विराटनगरमा, कांग्रेसको रणनीति बैठकमा सम्बोधन गर्ने
बुधबार ९ ब‌ैशाख, २०८३
कूटनीतिक राहदानीसहितका विषयमा आज छलफल, सभामुखले बोलाए सचेतकहरूको बैठक
बुधबार ९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०