विराटनगर । जिल्ला प्रहरी कार्यालय, मोरङमा कार्यरत प्रहरी सहायक हवल्दार टीकाराम निरौला माघ महिनाको उत्कृष्ठ बनेका छन् ।
मोरङ प्रहरीले उनलाई माघ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।
विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यावसायीक, लगनशील र कर्तव्यनिष्ठ तबरले उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेका निरौलालाई उत्कृष्ट प्रहरी घोषित गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालले जानकारी दिए ।
उनका अनुसार निरौलाले मोटरसाइकल चोरी नियन्त्रणको विशेष अपरेसनअन्तर्गत एक सयभन्दा बढी मोटरसाइकल चोरी गरी भारतको जोगबनी, फारवेसगन्ज र फुल्काहालगायतका बजारमा पुर्याएर बिक्री गर्ने गिरोहका दुई जनालाई पक्राउ गर्न भूमिका निभाएका थिए ।
त्यसबाहेक उनी विभिन्न मुद्दामा अदालतबाट पाँच वर्ष कैद तथा ७० लाखभन्दा बढी जरिवाना तोकिएका ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेर कानुनी कारवाहीको दायरामा ल्याउन सफल भएका थिए ।
निरौलाले गरेको उत्कृष्ट कार्यको मूल्यांकन गर्दै उनलाई माघ महिनाको उत्कृष्ट घोषणा गरिएको डिएसपी दाहालले जानकारी दिए ।