झापामा अटोको ठक्करबाट नौ वर्षीया बालिकाको ज्यान गयो, अरू दुई जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ फाल्गुण, २०८०
२ वर्षअघि

झापा । झापामा अटोको ठक्करबाट नौ वर्षीया बालिकाको मृत्यु भएको छ भने अरू दुई जना घाइते बनेका छन् ।

आइतबार साँझ ७ः१० बजेतिर झापाको शिवसताक्षी नगरपालिका-८ सम्झना चोकमा अटोले दुईवटा साइकललाई ठक्कर दिएको थियो ।

हाइवेमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ह ५८०५ नम्बरको अटोले दुइटा साइकललाई ठक्कर दिँदा साइकलमा
सवार तीन जना घाइते भएका थिए ।

एउटा साइकलमा शीतल र उनका बुवा दिलीप सवार थिए भने अर्को साइकलमा गोमा सवार रहेकी थिइन् ।

पछाडिबाट आएको अटोले दुवै साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

अटोको ठक्करबाट साइकल चालक शिवसताक्षी-८ का ३१ वर्षीय दीलिप श्रेष्ठ र उनका दुई छोरीहरट्ठ शीतल र गोमा घाइते भएका थिए ।

तीनै जनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्‍याइएकोमा नौ वर्षीया शीतलको बेलुका ८ः१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

११ वर्षीया गोमा र दीलिपकको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।

अटो चालक शिवसताक्षी-८ का ५२ वर्षीय पूर्ण बहादुर भट्टराई इलाका प्रहरी कार्यालय, झिलझिलेले नियन्त्रणमा लिएको छ ।

उनले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित समय: सोमबार ७ फाल्गुण, २०८०, ०६:४३:२३
पोखरामा ‘स्वीप अपरेसन’ : एकै रात १२२ जना पक्राउ
बिहिबार १० ब‌ैशाख, २०८३
दीपक भट्ट र सुलभलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यालयमा भ्रष्टाचार आरोपमा ८ जनाविरुद्ध मुद्दा दायर
बुधबार ९ ब‌ैशाख, २०८३
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
बुधबार ९ ब‌ैशाख, २०८३
‘इभी’को भाडा नबढाउन यातायात व्यवस्था विभागको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
सुदन किरातीले प्रलोपाबाट दिए राजीनामा, ५ महिनाको यात्रा समाप्त
बुधबार ९ ब‌ैशाख, २०८३
प्रलोपाको साधारण सदस्य समेत नरहने सुदन किरातीको घोषणा
बुधबार ९ ब‌ैशाख, २०८३
फेरी घट्यो  सुन–चाँदी दुवैको मूल्य 
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
गगन थापा आज विराटनगरमा, कांग्रेसको रणनीति बैठकमा सम्बोधन गर्ने
बुधबार ९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०