ठगी मुद्दाका खत्रीको आरोप : प्रहरीले कुटपिट गर्दै सुनको सिक्री थुते

प्रहरी भन्छ : खराब नियत राखियो

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २८ माघ, २०८०
३ वर्षअघि

विराटनगर । जिल्ला अदालत सुनसरीका एक सेवाग्राहीले आफूलाई प्रहरीले कुटपिट गरी सुनको सिक्री थुतेको आरोप लगाएका छन् ।

आइतबार पत्रकार महासंघ, मोरङमा पत्रकार सम्मेलन गर्दै इटहरी उपमहानगरपालिका–२ का ४० वर्षीय शंकर खत्रीले प्रहरीद्वारा कुटपिट र लुटपाट भएको आरोप लगाएका हुन् ।

Advertisement

गत पुस २९ गते दिउँसो १ बजेतिर इनरुवास्थित सुनसरी जिल्ला अदालतमा आफूमाथि प्रहरीले अभद्र व्यवहार गर्दै तीन तोलाको सुनको सिक्री लुटपाट भएको खत्रीको भनाइ छ ।

अदालतपछाडि रहेको बारीमा लगेर इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक मनोज लामा र सुनसरी अदालतको विशेष प्रहरी बताउने सञ्जीव अधिकारीले आफूमाथि कुटपिट र लुटपाट गरेको उनको आरोप छ ।

‘काम विशेषले अदालत गएका बेला मलाई अश्लील गाली गर्दै उहाँहरूले बाहिर लैजानुभयो,’ खत्री भन्छन्, ‘दुर्व्यवहार गर्दै सुनको सिक्री थुतेर गोजीमा हाल्नुभयो । डिआइजीको आदेश छ भन्दै मलाई हत्कडी लगाएर झापा पु¥याइयो ।’

इलाका प्रहरी कार्यालय दमक पु¥याएर दुर्व्यवहार गरेर घर पठाइएको भए पनि सुनको सिक्री फिर्ता नदिएको खत्रीको आरोप छ ।

यता, दमक प्रहरी कार्यालयका डिएसपी लामाले भने घटनाबारे अस्वीकार गरे । ‘म त उहाँलाई चिन्दिनँ पनि, अहिलेसम्म देखभेट नै भएको छैन,’ शब्द एक्सप्रेससँगको कुराकानीमा डिएसपी लामाले भने, ‘खै कुन नियतले उहाँ मेरो पछि लाग्नुभयो, थाहा भएन ।’

अब, आरोप लागेपछि आफूमाथि अनुसन्धान हुने र घटनास्थलमा रहेको सिसी टिभी फुटेजले आफ्नो असंलग्नता प्रष्ट हुने डिएसपी लामाको भनाइ छ । ‘ठगीको केसमा अरू कसैले उहाँलाई समातेर ल्याएको थियो, दमकमा पीडितले दिएको जाहेरीका आधारमा ल्याइएकोसम्म थाहा छ,’ उनले थपे, ‘तर उहाँले सुनको सिक्री लुटेको नै भन्नुहुन्छ, कस्तो नियत राख्नुभएको रहेछ ।’

डिएसपी लामाका अनुसार गत असारमा उनीविरुद्ध ठगी मुद्दामा जाहेरी परेको थियो । दमक नगरपालिका–५ का काँशी सापकोटाले दिएको उजुरीका आधारमा उनलाई पुस अन्तिमतिर पक्राउ गरिएको थियो । तर, उनलाई पक्राउ गर्ने दमक प्रहरीको टोलीमा आफू नरहेको बताउँदै डिएसपी लामाले त्यतिकै आरोप लगाइएको दाबी गरे ।

काठ व्यावसायीसमेत रहेका सापकोटाले भने खत्रीले आफूलाई दुःख दिएको बताउँदै अहिले प्रहरीमाथि पनि अनावश्यक रूपमा आरोप लगाएको दाबी गरे । ‘मलाई उहाँले दुई लाख ३७ हजार दिनुपर्ने थियो, वर्षौंअघि सापटी लिनुभएको थियो,’ उनले भने, ‘विराटचोकमा बोलाएर चेक दिएपनि खातामा रकम अभाव देखाउँदा साट्न सकिनँ । अनि, इलाकामा जाहेरी दिएको थिएँ । उहाँले प्रहरीमाथि उल्टै आरोप लगाउनुभएछ ।’

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०