कारागारलाई सिकाइ केन्द्रका रूपमा लिनुपर्छ : मुख्यमन्त्री कार्की

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २८ माघ, २०८०
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कारागारलाई सुधार र सिकाइको केन्द्रका रूपमा लिनुपर्ने बताएका छन् ।

जिल्ला कारागार मोरङले आइतबार कारागार परिसरमा आयोजना गरेको ‘डबल डेकर’ (खाट) कैदीबन्दीलाई हस्तान्तरण गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले कारागारबाट सिकेको ज्ञान र सीपलाई समाज रूपान्तरण र सुधारमा प्रयोग गर्न कैदीबन्दीलाई सुझाव दिए ।

सरकारले कारगारमा दिने परम्परागत सीपलाई आधुनिकीकरण गर्न प्राविधिक अध्ययन गरिरहेको जानकारी दिँदै उनले बन्दीले उत्पादन गरेका सामग्रीको बजारीकरण तथा पहुँच विस्तार गरिने बताए ।

बन्दीहरूको मानव अधिकारको संरक्षण, स्वास्थ्य सेवा, कानुनी सहायताका सम्बन्धमा प्रदेश सरकारले चाँडै अवधारणा ल्याउने तयारी गरिरहेको जानकारी उनले दिए ।

मुख्यमन्त्री कार्कीले कारागारलाई होस्टलका रूपमा सम्झन आग्रह गर्दै यहाँबाट सिकेका सीपलाई साना उद्यमीका रूपमा विकास गर्नुपर्ने भन्दै आवश्यक पुँजीको व्यवस्थाका लागि सरकारले सहजीकरण गर्ने बताए ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहालले कैदीबन्दीको सेवा सुविधा वृद्धि, थप बजेटको व्यवस्था, नीति निर्माणमा जोड दिएको बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र मोरङ कारागारका प्रमुख कृष्णहरि न्यौपाने कैदीबन्दीको सेवा सुविधा वृद्धिका लागि आवश्यक पहल भइरहेको बताएका थिए ।

मोरङ कारागारमा हाल ९९ महिला (चार जना बालबालिका आश्रित)सहित एक हजार ३८ कैदीबन्दी छन् ।

प्रकाशित समय: आईतबार २८ माघ, २०८०, १४:१९:०४
भूपदेव शाहलाई महामन्त्री बनाउने तयारीमा रास्वपा
सोमबार ७ ब‌ैशाख, २०८३
लगानीको स्रोत बैंक रेकर्डले देखाउँछ : गृहमन्त्री गुरुङ
सोमबार ७ ब‌ैशाख, २०८३
विराटनगरको फलैंचामा भेटियो भारतीय युवकको शव
सोमबार ७ ब‌ैशाख, २०८३
खड्कासँग सोधिएको स्पष्टीकरण फिर्ता लिँदै कांग्रेस अनुशासन समिति
सोमबार ७ ब‌ैशाख, २०८३
विद्यार्थी संगठनमाथि रोक लगाउने निर्णयको ज्ञवालीद्वारा कडा आलोचना
सोमबार ७ ब‌ैशाख, २०८३
एक अर्ब ४८ करोडको निर्यात गर्दै म्याजिक फुटवेयर बन्यो नेपालकै नम्बर १ फुटवेयर कम्पनी
सोमबार ७ ब‌ैशाख, २०८३
अब चिउरा उत्पादनमा ‘कुरुम कुरुम’ ब्राण्ड प्रयोग गर्ने अधिकार हाइलाइफलाई मात्र !
सोमबार ७ ब‌ैशाख, २०८३
अबदेखि सरकारी कर्मचारीको तलब १५ दिनमै आउने
आईतबार ६ ब‌ैशाख, २०८३
विराट गोल्डकपको उपाधि झापा ११ लाई
आईतबार ६ ब‌ैशाख, २०८३
विराट गोल्डकप : रातारात होटलबाट खेलाडीलाई खेदाएपछि आयोजकले पायो दलालको संज्ञा
आईतबार ६ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०