विराटनगर । सुनसरीको दुहबी नगरपालिकामा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुहबी-८ सोनापुरमा डेरा गरी बस्ने ५४ वर्षीय बालकृष्ण तामाङ रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।
कोशी राजमार्गअन्तर्गत इटहरीबाट विराटनगरतर्फ आँउदै गरेको प्र १-०२-००२ च ५३०७ नम्बरको कारले बाटो क्रस गर्दै गरेका तामाङलाई ठक्कर दिएको थियो ।
शनिबार ६:१५ बजेतिर दुहबी-८ सोनापुर चोकमा कारको ठक्करबाट तामाङको मुख र शरीरका विभिन्न भागमा चोट लागेको थियो ।
गम्भीर घाइते बनेका उनलाई उपचारका लागि विराटनगर अस्पताल विराट नर्सिङहोम पठाइएकोमा उपचारका क्रममा राति ९ः४० बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दुहबीले कार र कार चालक बुढीगंगा गाउँपालिका-४ का ४२ वर्षीय मनिराज अधिकारीलाई नियन्त्रणमा लिएको छ ।
पैदलयात्रुले अचानक बाटो क्रस गर्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।