ग्रामथानमा तीव्र गतिको मोटरसाइकल बिजुलीको पोलमा ठोक्कियो, कटहरीका विश्वासको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २४ माघ, २०८०
३ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कटहरी गाउँपालिका-७ का अन्दाजी ३२ वर्षीय मनोज विश्वास रहेको राजमार्ग सुरक्षा तथा कोशी प्रदेश ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले जनाएको छ ।

Advertisement

मंगलबार बेलुका ८:१० बजेतिर ग्रामथान-२ सुखानी खोला छेउमा झोराहाटबाट थलाहातर्फ जाँदै गरेको को २३ प ४९ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

आफैं अनियन्त्रित भई मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएपछि चालक विश्वास गम्भीर घाइते भएका थिए ।

टाउकोमा चोट लागेका विश्वासको विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइएको थियो । तर, बेलुका पौने ९ बजेतिर डाक्टरले मृत घोषणा गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको मोटसाइकल प्रहरी चौकी झोराहाटको नियन्त्रणमा रहेको छ । तीब्र गतिका कारण दुर्घटना भएको ट्राफिक प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

मादक पदार्थ सेवन गरे-नगरेको तथा सवारी चालक अनुमतिपत्र भए-नभएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०