यसरी चर्कियो बागदरवार र सिंहदरवारबीचको विवाद

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २३ माघ, २०८०
३ वर्षअघि

काठमाडौं । सवारी पार्किङको ठुलो समस्या रहेको काठमाडौं महानगरपालिकाको मुख्य बजार क्षेत्र न्युरोडको पार्किङ व्यवस्थित गर्न महानगरले दुई साताअघि निर्माणाधीन धरहराको भूमिगत पार्किङ खुला गर्‍यो ।

महानगरपालिकाले न्युरोडलगायतका क्षेत्रमा जथाभावी रूपमा गरिँदै आएका पार्किङ बन्द गरेर धरहराको भूमिगत पार्किङ खोलेको थियो ।

Advertisement

साघुँरो न्युरोडमा जथाभावी भइरहेको पार्किङ निषेध गरेर महानगरले पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं टावरको बहुतले भवनमा पार्किङ गर्न भनेको थियो ।

तर, न्युरोडका व्यवसायीले उक्त पार्किङ क्षेत्र टाढा भएको भन्दै असहमति जनाएपछि महानगरले गत हप्ताबाट धरहराको भूमिगत पार्किङको एक तलामा पार्किङ खुलायो ।

नि:शुल्क रूपमा पार्किङ गर्न सक्नेगरी खुला गरिएको पार्किङबाट सुविधा पुगेको भन्दै धेरैले खुसी पनि व्यक्त गरे ।

तर, एकाएक तगारो बन्यो सहरी विकास मन्त्रालय । उसले सडकबाट पार्किङ हटाएर धरहराको भुइँ तलामा पार्किङ नि:शुल्क गरेको महानगरलाई धरहराबाट निर्माण चलिरहेकाले पार्किङ बन्द गर्नु भन्दै पत्र पठायो ।

निर्माणाधीन संरचनामा पार्किङ खुला गर्न खतरामुक्त नहुने भन्दै मन्त्रालयले गत साता उक्त पार्किङ बन्द गराउन पत्राचार गरेको थियो ।

त्यसयता, राज्यका यी दुई निकायबीच विवाद देखिएको छ ।

मन्त्रालय र निर्माण जिम्मा पाएको निर्माण व्यवसायीसँग समन्वय नै नगरी पार्किङ खुलाएको भन्दै मन्त्रालयले महानगरको ध्यानाकर्षण गराउदै पत्र लेखेपछि बागदरवार भनिने महानगरपालिका र सिंहदरवारबीच विवाद चुलिएको हो ।

मन्त्रालयले धरहराको निर्माण सम्पन्न नभइसकेकाले निःशुल्क पार्किङ रोक्न माघ १४ गते काठमाडौं महानगरपालिकालाई पत्र पठाएको थियो ।

मन्त्रालयको चिठी पाएपछि बालेनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको पौने तीन वर्ष बित्दा धरहरा (सेतो टावर) को निर्माण पूरा नभएकोप्रति आक्रोश व्यक्त गरे ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजभन्दा २ वर्ष ९ महिना २० दिन अगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उदघाटन भयो । ​राणाकालीन अवस्थामा भएको भए केपी ओली टावर भन्थे । तर केही दिनअगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, धरहरा निर्माण हुँदै छ । पार्किङ बन्द गर्नू ।’

उनले उद्घाटन गरेको दुई वर्ष नौ महिनापछि पनि बनाएर नसकी महानगरलाई लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो भनी प्रश्न गरेका छन् ।

महानगरपालिकाले पार्किङ सुरु गरेको धरहरा क्षेत्रको निर्माण मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत भइरहेको छ ।

भूमिगत पार्किङमा भेन्टिलेसन लगायतका सुरक्षासंग जोडिएका महत्त्वपूर्ण काम बाँकी नै भएकाले मानवीय दृष्टिले जोखिमपूर्ण भएको भन्दै पार्किङ स्थगित गर्न पनि मन्त्रालयले भनेको छ ।

मन्त्रालयले तीन महिनाभित्र बाँकी सबै काम सक्ने पनि बताएको छ ।

तर पटकपटक म्याद थपेर पनि काम अलपत्र पारी समस्या बल्झाइरहेको भन्दै महानगरको नेतृत्वले सरकारसँग असन्तुष्टि व्यक्त गरिरहेको छ ।

दुवै निकायका अधिकारीले विवादलाई छलफल र सहमतिबाटै निकास दिएर आमनागरिकलाई सहजता दिन लागिरहेको बताएकाले अब चाँडै निकास निस्कने अपेक्षा भने गर्न सकिन्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०