कोशी अस्पतालमा बेथितिका चाङ : बिनाटेन्डर भवन भत्काउनेदेखि आफूखुसी कर्मचारी नियुक्ति गर्नेसम्म

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २२ माघ, २०८०
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशकै सबैभन्दा ठुलो सरकारी अस्पताल काेशी अस्पतालमा बेथितिका चाङ छन् ।

आफूखुसी कर्मचारी नियुक्ति गर्नेदेखि लिएर बिनाटेन्डर गैरकानुनी रूपमा भवन भत्काउनेसम्मका बेथिति देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान इटहरीस्थित कार्यालयले कोशी अस्पतालविरुद्ध छानबिन तथा अनुसन्धान थालेको छ ।

कार्यालयका प्रमुख सुरेश न्यौपानेका अनुसार कोशी अस्पतालमा भइरहेका गैरकानुनी निर्णय र गतिविधिमाथि अनुसन्धान सुरु गरिएको हो ।

छानबिन र अनुसन्धान आवश्यक देखिएको विषयमा अख्तियारको केन्द्रीय कार्यालय टंगाललाई समेत लेखेर पठाइएको उनको भनाइ छ ।

अस्पताल विकास समितिले अस्पतालमा कार्यरत चिकित्सक बस्ने क्वार्टर प्रचलित कानुनको धज्जी उठाउँदै बिनाटेन्डर भत्काउँदा लाखौंको आम्दानी गुमेको छ ।

अस्पताल विकास समित अध्यक्ष डा.फरवार्ड सिलवाल र मेसु डा. चन्द्रभाल झाको निर्देशनमा कानुनी प्रक्रिया पूरा नगरी भवन भत्काइएको हो ।

चिकित्सक र कर्मचारीलाई आवासका लागि उपलब्ध गराइएका ६ वटा भवन कुनै मूल्यांकन नगरिकन र बिना टेन्डर भत्काएर काठ, इँटा,रड,टिनालगायतका निर्माण सामग्री गायब पारिएको छ ।

स्वास्थ्य मन्त्रालयको समेत स्वीकृति नलिइ आफूखुसी भवन भत्काइएको हो ।

व्यक्तिगत स्वार्थका आधारमा मूल्यांकन नगरिकन र बिनाटेन्डर भवन भत्काउँदा अस्पताललाई लाखौं रुपैयाँको नोक्सान भएको छ ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयबाट स्वीकृत दरबन्दीलाई लुकाएर अस्पताल विकास समितिका नाममा आफूनिकटका व्यक्तिलाई कर्मचारी बनाएर करारमा नियुक्त गर्न खोजिएको छ ।

अस्पतालमा विकास समितिले आफूनिकटका व्यक्तिलाई नियुक्ति दिने नियतले अनुकूलको मापदण्ड तयार गरी कर्मचारी पदपूर्तिको सूचना माग गरेको पाइएको छ ।

पछिल्लोपटक अस्पतालले चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिक कर्मचारी गरी ५० जना नियुक्ति गर्न सूचना निकालेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकास समितिको माग भन्दा कम ५० जनाको दरबन्दी मात्र स्वीकृत गरिदिएको थियो ।

५० जनाको अस्थायी दरबन्दी स्वीकृत भएपछि अस्पतालले आठौं तहको १० जना मेडिकल अधिकृत, सातौं तहको एक जना नर्सिङ अफिसर, पाँचौ तहको ३० जना स्टाफ नर्स, पाँचौ तहको दुई जना वायोमेडिकल इन्जिनियर र ७ जना पाँचौ तहको फार्मेसी सहायकको माग गरेको हो ।

समितिका अध्यक्ष डा. सिलवालसमेतको ठाडो हस्तक्षेपमा जथाभावी मापदण्ड बनाएर आफूअनुकूल कर्मचारी भर्नाका लागि शंकास्पद हिसाबले दरखास्त आह्वान गरिएको हो ।

माघ ४ गतेको मिति राखेर २१ दिनको म्याद दिँदै तीन महिने सेवा करार रहने गरी मेडिकल अधिकृत, नर्सिङ अधिकृत, बायोमेडिकल टेक्निसियन, स्टाफ नर्स र फार्मेसी सहायक भर्नाका लागि विज्ञापन गर्दै दरखास्त आह्वान गरिएको छ ।

चलानी नम्बर र पत्र संख्या क्रमबद्ध नराखिकन एवम् क्रम संख्या नै गायब पारेर शंकास्पद हिसाबले विज्ञापन गरिएको हो ।

मन्त्रालयबाट ८७ जनाको दरबन्दी स्वीकृत भएर आएकोमा ५० जनाका लागि मात्रै दरखास्त आह्वान गरिएको छ ।

आफूनिकटकालाई सुटुक्क नियुक्ति दिन ३८ जनाको विज्ञापन नै नगरिएको अस्पताल स्रोतको भनाइ छ ।

तल्लो तहलाई लिखित र अन्तरवार्ता दुवै परीक्षा लिने तथा माथिल्लो तहलाई अन्तरवार्ताका भरमा नियुक्तिको तयारी गरिएपछि विज्ञापन विवादमा परेको छ ।

अस्पताल विकास समितिले १ सय २४ अस्थायी पद सिर्जना गर्दै स्वास्थ्य मन्त्रालयसँग दरबन्दी माग गरेको थियो ।

मन्त्रालयबाट ८७ जनाको दरबन्दी स्वीकृत भएर आएकोमा ५० जनाका लागि मात्रै दरखास्त आह्वान गरिएको छ ।

आफूनिकटकालाई सुटुक्क नियुक्ति दिन ३८ जनाको विज्ञापन नै नगरिएको अस्पताल स्रोतको भनाइ छ ।

कोशी अस्पतालमाथि जिल्ला प्रशासन कार्यालय मोरङले पनि छानबिन गरिरहेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार अस्पतालसँग लिखित जवाफ माग गरिएको थियो ।

अस्पतालले पठाएको जवाफको अध्ययन भइरहेको भट्टराईले बताए ।

प्रकाशित समय: सोमबार २२ माघ, २०८०, ०८:३१:१३
एकैदिन साढे २० हजार बढ्यो सुनको मूल्य
आईतबार १७ जेठ, २०८३
टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ
आईतबार १७ जेठ, २०८३
बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप
शनिवार १६ जेठ, २०८३
निजामती पार्कमा प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण
शनिवार १६ जेठ, २०८३
एसियन गेम्स छनोट: सेमिफाइनलमा मलेसिया सामु नेपालको १२७ रनको लक्ष्य
शनिवार १६ जेठ, २०८३
५० युनिटभन्दा बढी विद्युत खपतमा ५% भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग
शनिवार १६ जेठ, २०८३
महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री बालेन्द्र शाह
शनिवार १६ जेठ, २०८३
राजनीतिक दललाई अनुदान दिने सरकारको घोषणा
शुक्रबार १५ जेठ, २०८३
नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने
शुक्रबार १५ जेठ, २०८३
नेपाललाई ‘ग्रे’ लिस्टबाट हटाउने घोषणा
शुक्रबार १५ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०