नि:शुल्क स्वास्थ्य शिविर गर्न गिरि फाउन्डेसन र पारस हस्पिटलबीच सहकार्य

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १५ माघ, २०८०
२ वर्षअघि

विराटनगर । समाजसेवी अभिषेक गिरिले स्थापना गरेको गिरि फाउन्डेसन र पारस मल्टिस्पेसियालिटी हस्पिटलबीच निःशुल्क स्वास्थ्य शिविर गर्नका लागि सहकार्य हुने भएको छ ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर विराटनगर महानगरपालिका-११ महेन्द्र चोकस्थित पारस मल्टिस्पेसियालिटी अस्पताल र गिरि फाउन्डेसनले संयुक्त रूपमा शिविरको आयोजना गर्नेगरी सम्झौता गरे ।

पारस हस्पिटलसँग विभिन्न समयमा निःशुल्क रूपमा शिविरको आयोजना गर्नेगरी सम्झौता भएको फाउन्डेसनका अध्यक्ष गिरिको भनाइ छ ।

पछिल्लो समय समाजसेवामा सक्रिय रहेका गिरिले आफ्नो फाउन्डेसनमार्फत् नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरी बिरामीहरूलाई सुलभ र सहज उपचार सेवा उपलब्ध गराउनका लागि सम्झौता भएको सुनाए ।

विपन्न वर्गका बिरामीले स्वास्थ्योपचार नपाइरहेको परिस्थितिलाई मध्यनजर गरेर स्वास्थ्य शिविर सञ्चालन गर्न आँटेको गिरिले जनाए ।

गिरिले भने, ‘कतिपय अहिले पनि स्वास्थ्यको पहुँचमा हुनुहुन्न । विपन्न वर्गका सबैलाई अस्पताल ल्याएर उपचार गराइदिन सकिरहेका छैनौं । त्यो सम्भव पनि छैन । तर उनीहरू सबैलाई समेटेर सहुलियत उपचार दिलाउने प्रयासस्वरूप स्वास्थ्य शिविर आयोजना गर्न खोजेका हौं ।’

गिरिका अनुसार पहिलो चरणमा विराटनगर महानगरपालिकाका १९ वटै वडामा स्वास्थ्य शिविरको आयोजना हुने छ ।

स्थानदेखि स्वास्थ्य सामग्रीमा लाग्ने खर्च व्यवस्थापनसम्म फाउन्डेसनले गर्नेछ भने चेकजाँच अस्पतालले गर्ने छ ।

यस्तै, अस्पतालका प्रबन्ध निर्देशक हेमनारायण मेहताले विशेषज्ञ चिकित्सकहरूबाट विभिन्न विभागको स्वास्थ्य शिविर सेवा सञ्चालन गर्नका लागि सम्झौता भएको सुनाए ।

स्वास्थ्य शिविरमा छनोट भएका बिरामीहरूलाई सम्पूर्ण उपचारमा २५ प्रतिशत छुट गर्ने, अपरेसनमा ५० प्रतिशत छुट गर्ने उनको भनाइ छ ।

स्वास्थ्य शिविरमा छनोट भएका बिरामीहरूलाई भर्ना गरेर उपचार वा अपरेसन गर्नुपरेमा औषधिमा १० प्रतिशत छुट गर्ने दुवै संस्थाको योजना छ ।

त्यसबाहेक अपरेसन शुल्क, बेड भर्ना शुल्क, मेडिसिन, डाक्टर राउन्ड, भर्ना शुल्क, प्याथोलोजीमा (सिबिसी, बिएसआर र सेरोलोजी), छातीको एक्सरे, मुटुको इसिजीबाहेक अन्य चेक गर्नु पर्ने अवस्थामा ५० प्रतिशत छुट हुने अस्पतालका बालरोग विशेषज्ञ सफिउर रहमानले जानकारी दिए ।

प्रकाशित समय: सोमबार १५ माघ, २०८०, २०:२१:४५
दीपक भट्ट र सुलभलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यालयमा भ्रष्टाचार आरोपमा ८ जनाविरुद्ध मुद्दा दायर
बुधबार ९ ब‌ैशाख, २०८३
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
बुधबार ९ ब‌ैशाख, २०८३
‘इभी’को भाडा नबढाउन यातायात व्यवस्था विभागको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
सुदन किरातीले प्रलोपाबाट दिए राजीनामा, ५ महिनाको यात्रा समाप्त
बुधबार ९ ब‌ैशाख, २०८३
प्रलोपाको साधारण सदस्य समेत नरहने सुदन किरातीको घोषणा
बुधबार ९ ब‌ैशाख, २०८३
फेरी घट्यो  सुन–चाँदी दुवैको मूल्य 
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
गगन थापा आज विराटनगरमा, कांग्रेसको रणनीति बैठकमा सम्बोधन गर्ने
बुधबार ९ ब‌ैशाख, २०८३
कूटनीतिक राहदानीसहितका विषयमा आज छलफल, सभामुखले बोलाए सचेतकहरूको बैठक
बुधबार ९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०