प्रदेश सरकारलाई माघ १७ गते प्रहरीकाे संगठन संरचना हस्तान्तरणकाे निर्णय हुने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १५ माघ, २०८०
३ वर्षअघि

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँबरले प्रहरीकाे संगठन संरचना माघ १७ गते निर्णय गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेकाे जानकारी गराएका छन् ।

मुख्यमन्त्री कार्कीलाई प्रहरी प्रधान कार्यालयमा साेमबार प्रहरी महानिरीक्षक कुँबरले प्रहरी समायाेजनकाे विषयमा जानकारी गराएका हुन् ।

मुख्यमन्त्री कार्कीले प्रहरी समायाेजनमा भइरहेकाे बिलम्बका कारणबारे जानकारी लिएका थिए ।

´प्रहरी समायाेजनकाे प्रक्रिया अघि बढिसकेकाे र आउँदाे १७ गते प्रहरी संगठन संरचना हस्तान्तरण गर्ने तयारी छ,` उनले भने, ´प्रहरी समायाेजनकाे बाँकी काम प्रक्रियागत रूपमा हुने भएकाले तत्काल संगठन संरचना हस्तान्तरणकाे तयारी गरिएकाे हाे ।`

संविधान प्रदत्त प्रदेशकाे शान्ति सुरक्षाकाे अधिकार प्रदेशले प्राप्त गरि संविधान कार्यान्वयन गर्नु सबैकाे दायित्व भएकाे मुख्यमन्त्री कार्कीकाे भनाइ थियाे ।

´संघीय सरकारले प्रहरी समायाेजन, कानुन निर्माणलगायतका प्रक्रिया पूरा गर्न ढिलाई गरेकाले संघीयताकाे पूर्ण कार्यान्वयन हुन नसकिरहेकाे अवस्थामा  संघीय सांसद तथा मन्त्रीहरूले नै प्रदेशले काम गर्न नसकेकाे भन्दै विराेध जनाइरहेकाे छ,` उनले भने, ´त्यसैले संविधान निर्माणका लागि संघीय सरकार र संसद इमानदारितापूर्वक आफ्नाे जिम्मेवारी निर्वाह गर्नु आवश्यक छ ।`

काेशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईलगायत सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूकाे काठमाडाैंमा सम्पन्न भेलाले पनि तत्काल प्रहरी समायाेजनका लागि संघीय सरकारलाई ध्यानाकर्षण गराएका थिए ।

यसअघि बागमति प्रदेशकाे हेटाैडामा सम्पन्न काेशीका मुख्यमन्त्री कार्कीलगायतका सात वटै प्रदेशका मुख्यमन्त्रीहरूकाे भेलाले तत्काल प्रहरी समायाेजनलगायतका प्रक्रिया अघि बढाएर संविधान कार्यान्वयनका समन्वय र संघर्ष गर्ने निर्णय गरेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

प्रकाशित समय: सोमबार १५ माघ, २०८०, १७:१७:२५

सम्बन्धित खबर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी
बिहिबार १४ साउन, २०८३
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बुधबार १३ साउन, २०८३
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
बुधबार १३ साउन, २०८३
सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह
बुधबार १३ साउन, २०८३
बाँकेमा सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु
बुधबार १३ साउन, २०८३
सुनसरीमा सरकार अभिभावक बनेको अनुभूति दिलाउनुपर्छ : शंकर पोखरेल
बुधबार १३ साउन, २०८३
देवानगञ्ज घटनापछि कोशीका मुख्यमन्त्री कार्कीद्वारा सर्वदलीय बैठक आह्वान
बुधबार १३ साउन, २०८३
देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 
मङ्गलबार १२ साउन, २०८३
सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०