सिटौलालाई राष्ट्रियसभा सदस्य बनाउन गिरीको ‘होस्टेमा हैँसे’

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ११ माघ, २०८०
२ वर्षअघि

विराटनगर । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले कठिन परिस्थितिका बीच राष्ट्रियसभा सदस्य निर्वाचनमा बाजी मारे ।

सत्तारूढ गठबन्धनकै महिला उम्मेदवार पराजित हुने कठिन परिस्थितिबीच सिटौला निर्वाचित हुनुलाई धेरै आश्चर्य मानेका छन् ।

कोशी प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा चार जनाले चुनावी प्रतिस्पर्धा रोजेका थिए । जसमध्ये, कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिटौलाले राप्रपााका उद्धव पौडेललाई हराए ।

नेकपा एमालेसँग सहकार्य गरेर राप्रपाले सिटौलालाई रोक्ने दाउ बनाएको थियो । तर, कांग्रेसका नेता–कार्यकर्ताको साथ र गठबन्धन दलहरूको सहयोगमा सिटौला विजयी भएका हुन् ।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका निर्वाह गरेका सिटौला करिब एक दशक लगभग शक्तिविहीन थिए । तर, अहिले पुनः सत्ता–शक्तिमा ल्याउन माओवादीलगायत गठबन्धन दलको समर्थन रह्यो ।

कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिने सिटौलालाई संस्थापन इतर (डा. शेखर कोइराला) पक्षले उनलाई असहयोग गर्ने शंका थियो ।

तर, सिटौलाले जित्नुपर्छ भनेर सबैबीच भूमिका खेल्नेमध्येका एक हुन्, अभिषेक गिरी ।

गिरीलगायत केही नेताका कारण कोइरालामात्र नभएर कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खुलेरै समर्थन गरेका थिए । जसका कारण पनि उनको जित सुनिश्चित भयो ।

पछिल्लो समय समाजसेवामा सक्रिय देखिएका गिरीले राष्ट्रियसभा निर्वाचनका बेला गरेको दौडधुपले सिटौलाको जित अझ सहज बनेको बताइन्छ । नेता–कार्यकर्ता सबैलाई मिलाएर सिटौला राष्ट्रियसभा सदस्य बन्ने माहोल बनाउन उनी लागिपरेका थिए ।

गिरि स्वयम् भन्छन्, ‘राम्रो व्यक्तिले राष्ट्रियसभा स्थान पाउनुभएको छ । उहाँलाई हामीले सक्दो सहयोग गरेका हौँ । कठिन अवस्थाकाबीच सबै मिलेर उहाँलाई उकास्यौं । धेरै खुसी छु ।’

प्रकाशित समय: बिहिबार ११ माघ, २०८०, १८:११:०४
दीपक भट्ट र सुलभलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यालयमा भ्रष्टाचार आरोपमा ८ जनाविरुद्ध मुद्दा दायर
बुधबार ९ ब‌ैशाख, २०८३
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
बुधबार ९ ब‌ैशाख, २०८३
‘इभी’को भाडा नबढाउन यातायात व्यवस्था विभागको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
सुदन किरातीले प्रलोपाबाट दिए राजीनामा, ५ महिनाको यात्रा समाप्त
बुधबार ९ ब‌ैशाख, २०८३
प्रलोपाको साधारण सदस्य समेत नरहने सुदन किरातीको घोषणा
बुधबार ९ ब‌ैशाख, २०८३
फेरी घट्यो  सुन–चाँदी दुवैको मूल्य 
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
गगन थापा आज विराटनगरमा, कांग्रेसको रणनीति बैठकमा सम्बोधन गर्ने
बुधबार ९ ब‌ैशाख, २०८३
कूटनीतिक राहदानीसहितका विषयमा आज छलफल, सभामुखले बोलाए सचेतकहरूको बैठक
बुधबार ९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०