सशस्त्र प्रहरीले कुदाएको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १० माघ, २०८०
२ वर्षअघि

विराटनगर । सुनसरीको हरिनगरा गाउँपालिकामा सोमबार राति भएको दुर्घटनामा परेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

राजमार्ग सुरक्षा तथा कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय, इटहरीका अनुसार मृत्यु हुनेमा हरिनगरा-१ गोडियारी टोलका ३२ वर्षीय वीरेन्द्र बहदार रहेका छन् ।

सोमबार बेलुकी ८:४५ बजे गोडियारी टोलस्थित भित्री सडकखण्डमा भुटाहा चोकबाट फुलचोकतर्फ जाँदै गरेको प्र १-०५२ प ३८६७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट बहदारको कम्मरमा चोट लागेको थियो । घाइते बहदारको उपचारका क्रममा विराटनगरस्थित पारस अस्पतालमा मंगलबार साँझ ६:३० बजे मृत्यु भएको हो ।

प्रहरीले मोटरसाइकल चालक मोरङ विराटनगर महानगरपालिका-१ घर भएका ३५ वर्षीय दुर्गा नेपाल पक्राउ परेका छन् ।

नेपाल सशस्त्र बेस भुटाहा सुनसरीमा कार्यरत सहायक प्रहरी हवल्दार हुन् । नेपाललाई जिल्ला प्रहरी कार्यालय, सुनसरीले नियन्त्रणमा लिएको हो ।

उनले चलाएको मोटरसाइकल भने प्रहरी चौकी भुटाहाले नियन्त्रणमा लिएको छ ।

ट्राफि प्रहरी पोस्ट हरिनगराबाट अन्दाजी ओक किलोमिटर पूर्वमा उक्त दुर्घटना भएको थियो । बाक्लो हुस्सुका कारण दुर्घटना भएको ट्राफिक प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

चालकले मादक पदार्थ सेवन गरे-नगरेको भने खुलेको छैन ।

प्रकाशित समय: बुधबार १० माघ, २०८०, १०:१४:५१
दीपक भट्ट र सुलभलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यालयमा भ्रष्टाचार आरोपमा ८ जनाविरुद्ध मुद्दा दायर
बुधबार ९ ब‌ैशाख, २०८३
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
बुधबार ९ ब‌ैशाख, २०८३
‘इभी’को भाडा नबढाउन यातायात व्यवस्था विभागको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
सुदन किरातीले प्रलोपाबाट दिए राजीनामा, ५ महिनाको यात्रा समाप्त
बुधबार ९ ब‌ैशाख, २०८३
प्रलोपाको साधारण सदस्य समेत नरहने सुदन किरातीको घोषणा
बुधबार ९ ब‌ैशाख, २०८३
फेरी घट्यो  सुन–चाँदी दुवैको मूल्य 
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
गगन थापा आज विराटनगरमा, कांग्रेसको रणनीति बैठकमा सम्बोधन गर्ने
बुधबार ९ ब‌ैशाख, २०८३
कूटनीतिक राहदानीसहितका विषयमा आज छलफल, सभामुखले बोलाए सचेतकहरूको बैठक
बुधबार ९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०