मन्त्री उप्रेतीको सम्पत्ति विवरण सार्वजनिक (विवरणसहित)

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३ माघ, २०८०
३ वर्षअघि

विराटनगर । कोसी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती ‘सुशील’ ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

नेकपा माओवादी केन्द्रबाट कोसी प्रदेशसभा सदस्यमा निर्वाचित भइ मन्त्री बनेका उप्रेतीले बुधबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

Advertisement

मोरङ क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका उप्रेती गत कात्तिक १७ गते मन्त्री बनेका हुन् ।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा श्रीमती नरमाया भट्टराईको नाममा विराटनगरमा १ कठ्ठा ५ धूर तथा सुनसरीको इटहरी १० मा ११ धूर जग्गा रहेको उल्लेख छ ।

यस्तै, १० तोला सुन र २० तोला चाँदी तथा विभिन्न बैंकमा परिवारको नाममा दुई लाख ७८ हजार रुपैयाँ नगद रहेको उल्लेख छ ।

उप्रेतीको परिवारको नाममा विभिन्न वित्तीय संस्थामा १ हजार ४५० कित्ता सेयर रहेको विवरणमा उल्लेख छ ।

उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा ३९ लाख ५० हजार ऋण तिर्न बाँकी रहेको देखाएका छन् ।

उनको एउटा होन्डा मोटरसाइकल र सुजुकी ब्रान्डको स्कुटर रहेको विवरणमा उल्लेख छ ।

यस्तै उनले सामूहिक रूपमा कृषि फारम तथा गाई फारम सञ्चालन गरिरहेको जनाएका छन् ।

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०