यी भारतीय नागरिकको ‘ट्र्याप’ मा परे १५ नेपाली युवतीहरू

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २८ पुस, २०८०
३ वर्षअघि

विराटनगर । मोरङ प्रहरीले सीमावर्ती भारतीय बजार जोगबनीका २६ वर्षीय रवि कुमारलाई पक्राउ गरेको छ ।

नेपाली युवतीहरूलाई ‘ट्र्याप’ मा पारेर यौन शोषण गरेको आरोपमा उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमार्फत् नजिक भएर ‘ब्ल्याकमेल’ गर्दै नेपाली युवतीहरूमाथि पटक-पटक यौन शोषण गरेको आरोपमा उनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिए ।

डिएसपी दाहालका अनुसार विराटनगरको महेन्द्र चोकबाट पक्राउ परेका रवि कुमारलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि काठमाडौं पठाइएको छ ।

पीडित युवतीबाट उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जरबजस्ती करणीको जाहेरी परेका कारण काठमाडौं प्रहरीले मोरङ प्रहरीसँगको समन्वयमा रवि कुमारलाई पक्राउ गरेको हो ।

जोगबनीमा बसेर सामाजिक सञ्जालमार्फत् नेपाली किशोरीसँग अनलाइन सम्पर्क गर्दै अनेक लोभ देखाएर यौन शोषण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीमाथि अनलाइनमा सम्पर्क बढाएर नेपाली युवतीलाई ट्र्यापमा पार्दै होटलमा बोलाएर बारम्बार यौन शोषण गरेको आरोप छ ।

रवि कुमारले यौन सम्बन्ध बनाएको भिडियोसमेत खिचेर युवतीलाई ट्रयापमा पार्दै ‘ब्ल्याकमेल’ गर्ने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार अनलाइनमार्फत नजिक भएर साथी बनाएपछि यौन सम्बन्ध राखेर अश्लिल भिडियो बनाउने र युवतीलाई ट्रयापमा पार्दै ‘ब्ल्याकमेल’ गर्ने गरेको पाइएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अहिलेसम्म उनले १५ जनाभन्दा बढी नेपाली युवतीलाई ट्रयापमा परिसकेको खुलेको छ ।

उनीबाट पीडित हुने नेपाली युवतीको संख्या बढ्दै गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले त्यसरी नै ‘ब्ल्याकमेल’ गर्दै ट्रयापमा पारेर एक युवतीलाई शुक्रबार विराटनगर बोलाएका थिए । तिनै युवतीलाई भेट्न आएका बेला रवि कुमार पक्राउ परेका हुन् ।

अश्लील भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने धम्की दिने गर्न थालेपछि न्याय माग्दै पीडितहरू प्रहरीसमक्ष पुगेको जनाइएको छ ।

रवि कुमारले सामाजिक सञ्जालमा अश्लिल भिडियो ‘अपलोड’ गरिदिने धम्की दिँदै आफ्ना लागि हवाई टिकट काट्न र होटलका कोठा बुक गर्न लगाउने गरेको प्रहरीको भनाइ छ ।

त्यसबापतको सबै खर्च उनले युवतीलाई नै तिराउने गरेको पाइएको छ ।

रवि कुमारले दिएको तनावका कारण कतिपय युवतीहरू आत्महत्या गर्ने मनस्थितिमा समेत पुगेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसरले जबरजस्ती करणी मुद्दा चलाउन उनीमाथि थप अनुसन्धान अघि बढाउने छ ।

प्रकाशित समय: शनिवार २८ पुस, २०८०, १२:४२:१९

सम्बन्धित खबर

देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 

मङ्गलबार १२ साउन, २०८३
१३ घण्टाअघि

सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू

मङ्गलबार १२ साउन, २०८३
१७ घण्टाअघि

कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध

मङ्गलबार १२ साउन, २०८३
२० घण्टाअघि

कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द

मङ्गलबार १२ साउन, २०८३
२४ घण्टाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ दिनअघि

कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन

सोमबार ११ साउन, २०८३
२ दिनअघि
देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 
मङ्गलबार १२ साउन, २०८३
सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द
मङ्गलबार १२ साउन, २०८३
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०