चतरामा यसरी हुँदै छ महाकुम्भ मेलाको तयारी, मन्त्री उप्रेतीले लिए जानकारी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १९ पुस, २०८०
२ वर्षअघि

चतरा । कोसी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ ले आगामी चैतबाट सुरु हुने महाकुम्भ मेलाको तयारीबारे जानकारी लिएका छन् ।

बुधबार साँझ कुम्भ मेलास्थल बराहक्षेत्र नगरपालिका-१ चतरा पुगेर मन्त्री उप्रेतीले चैत २७ गतेदेखि हुन आँटेको कुम्भ मेलाको तयारीबारे जानकारी लिएका हुन् ।

नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले मन्त्री उप्रेतीलाई मेलास्थल घुमाउँदै कुम्भ मेलाको तयारी तीव्रताका साथ अगाडि बढाइएकाे जानकारी दिए ।

मेलास्थलमा तयार गर्नुपर्ने भौतिक संरचनाको निर्माण, विद्युत्, खानेपानी, सरसफाइको व्यवस्थापन, सुरक्षा प्रबन्ध, बसोबासस्थल, प्रचारप्रसार, विशिष्ठ व्यक्तिहरूको निमन्त्रणालगायतका विषयमा उनले जानकारी गराएका थिए ।

साथै, उनले आवश्यक तयारीका लागि प्रदेश सरकारसँग समन्वय र सहयोगका लागि प्रस्ताव राखेका थिए ।

मन्त्री उप्रेतीले कुम्भ मेला प्रदेशमा धार्मिक पर्यटक भित्र्याउने ठुलो आधार भएको जनाउँदै यसलाई भव्यताका साथ आयोजना गर्न सुझाव दिए ।

कुम्भ मेलाको सफल आयोजनाले देश-विदेशमा रहेको हिन्दुहरूको मात्र नभएर संसारकै ध्यान खिच्न सक्ने जनाउँदै मन्त्री उप्रेती यसको तयारीमा आफ्नो साथ-सहयोग रहने प्रतिबद्धता जनाए ।

चतरामा १२-१२ वर्षमा महाकुम्भ मेला र ६-६ वर्षमा अर्ध कुम्भमेला लाग्नै आएको छ । वालसन्तको अगुवाईमा २०५९ साल वैशाख १ गतेबाट चतरामा कुम्भ मेला लाग्न थालेको हो ।

यसपालि चैत २७ गतेदेखि २०८१ वैशाख २७ सम्म कुम्भमेला लाग्ने छ । मेलामा भक्तजनलाई आमन्त्रण गर्ने उद्देश्यका साथ वालसन्तले १५ दिने पदयात्रा गरेका थिए ।

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सो पदयात्राको औपचारिक उद्घाटन गरेका थिए ।

उक्त पदयात्राले बराहक्षेत्रसँगै आसपासका धार्मिकस्थलको पहिचान गरी सम्भावनाको अध्ययन गर्ने र सुनसरी, उदयपुर र धनकुटामा रहेका धार्मिक क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ भनेर एउटा महत्त्वपूर्ण अध्ययन भएको वालसन्तको भनाइ छ ।

प्रकाशित समय: बिहिबार १९ पुस, २०८०, ०८:३०:२५
दीपक भट्ट र सुलभलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यालयमा भ्रष्टाचार आरोपमा ८ जनाविरुद्ध मुद्दा दायर
बुधबार ९ ब‌ैशाख, २०८३
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
बुधबार ९ ब‌ैशाख, २०८३
‘इभी’को भाडा नबढाउन यातायात व्यवस्था विभागको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
सुदन किरातीले प्रलोपाबाट दिए राजीनामा, ५ महिनाको यात्रा समाप्त
बुधबार ९ ब‌ैशाख, २०८३
प्रलोपाको साधारण सदस्य समेत नरहने सुदन किरातीको घोषणा
बुधबार ९ ब‌ैशाख, २०८३
फेरी घट्यो  सुन–चाँदी दुवैको मूल्य 
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
गगन थापा आज विराटनगरमा, कांग्रेसको रणनीति बैठकमा सम्बोधन गर्ने
बुधबार ९ ब‌ैशाख, २०८३
कूटनीतिक राहदानीसहितका विषयमा आज छलफल, सभामुखले बोलाए सचेतकहरूको बैठक
बुधबार ९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०