बाघको आक्रमणबाट सासु-बुहारीसहित तीन जनाको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ पुस, २०८०
३ वर्षअघि

विराटनगर । नवलपुर र पर्सामा गरी बाघको आक्रमणबाट सासु-बुहारीसहित तीन जनाको मृत्यु भएको छ ।

नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमणबाट ज्यान गुमाएका दुई जनाको शव फेला परेको छ ।

Advertisement

यस्तै, पर्साको पटेर्वासुगौली गाउँपालिकामा बाघको आक्रमणबाट मृत्यु भएका एक युवकको शव भेटिएको छ ।

सोमबार दुवै स्थानमा बाघको आक्रमणमा परी ज्यान गुमाउने तीन जनाको शव फेला परेको हो ।

आइतबार दिउँसो घाँस काट्नसँगै निस्केका सासु-बुहारीको आज (सोमबार) क्षतविक्षत अवस्थामा शव फेला परेको नवलपरासी पूर्वको प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपसारी पूर्वका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका–१ को खहरे जङ्गलमा स्थानीय ५९ वर्षीय मनादेवी पौडेल र २९ वर्षीय विष्णु पौडेलको ज्यान गएको हो ।

आइतबार साँझसम्म पनि घर नफर्केपछि परिवारले स्थानीयको सहयोगमा नजिकको जङ्गलमा खोजतलाश गर्दा दुवैको शव क्षतविक्षत भएको अवस्थामा फेला पारेको हो ।

मृतक दुवै जनाको कम्परा र पछाडिपट्टि ढाडमा चोट रहेकाले बाघले आक्रमण गरेको र शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल मध्यबिन्दु पठाइएको प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए ।

यसैगरी, पर्साको पटेर्वासुगौली गाउँपालिका– २ थरुहटीका ३२ वर्षीय मनोज राउतको बाघको आक्रमणमा परेर मृत्यु भएको छ।

गाउँभन्दा करिब दुई सय मिटर उत्तर जङ्गलको खाली जग्गामा शौच गर्न गएका राउत सोमबार बिहान मृत फेला परेका हुन्।

आइतबार राति शौच गर्न गाउँनजिकको जङ्गलमा गएका ढागड बिहान मृत फेला परेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले बताए ।

उनका अनुसार शौच गर्न गएका व्यक्ति राति घर नफर्किएपछि सोमबार बिहान खोज्न निस्किएकाहरूले रगत र मोबाइल देखेपछि प्रहरी र वनका कर्मचारीलाई खबर गरेका थिए।

आक्रमण गरी घटनास्थलबाट भित्र जङ्गलतर्फ लगेको बाटोभरि रगत लागेको फेला परेको प्रहरी निरीक्षक केशरीले बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०