मोरङ : धान खेत मासेर ड्रागन फ्रुट खेती, मालामाल कमाइ

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २१ फाल्गुण, २०७८
५ वर्षअघि
ड्रागन फ्रुट

मोरङको सुनवर्षी–१ केचनाका ४५ वर्षीय गणेश तुर्छा (राई) ले धान खेती मासेर थालेको ड्रागन फ्रुटले मनग्य आम्दानी दिन थालेको छ ।

प्रतिविघा मुस्किलले ६० मन धान फल्ने ३ बिगाहा खेतमा उनले ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गरेका थिए ।

Advertisement

सुरुमा परीक्षणको रूपमा १०-१५ वटा बिरुवा लगाएर खेती सुरु गरेका गणेशले ती बिरुवाले सोचेभन्दा राम्रो उत्पादन दिएपछि धान खेत मासेर ड्रागन फ्रुटको खेती विस्तार गरेका हुन् ।

खोलाको किनारमा रहेको तुर्छाको ३ विघा खेतमा अहिले १३ हजार बिरुवाले उत्पादन दिन लागेका छन् ।

गत वर्ष वैशाखमा बिरुवा लगाएका तुर्छा राईले भने,–‘भारतको हैदरावादबाट विरुवा ल्याएर लगाएको हुँ । जेठदेखि उत्पादन दिनथाल्छ ।’

राईले वार्षिक ३० लाख रुपियाँ कमाउने सपना देखेर ड्रागन खेती सुरु गरेका हुन् ।

अहिले उनले करिब तीन विघा जमिनबाट वार्षिक ३० लाख रुपैयाँ कमाउन थालेका छन् ।

एक करोड ५० लाख रुपैयाँ लगानी भइसकेको बताउँदै उनले तीन सय रुपैयाँका दरले बिरुवा खरिद गरेका हुन् ।

बिरुवामा मात्र ३९ लाख रुपैयाँ खर्च भएको छ ।

रोपाइँ खर्च, मल, घेरावार, सिँचाई र आफ्नो मेहनत गर्दा ठूलो लगानी भएको राईले बताए ।

पाँच वर्ष दक्षिण अफ्रिकाको मोरक्को र ३ वर्ष सिंगापुरमा पसिना बगाएका राई ड्रागनले लगातार २० वर्ष उत्पादन दिन्छ भनेपछि यता तिर आकर्षित भएका हुन् ।

धान, मकै, गहुँ जस्ता बालीबाट राम्रै उत्पादन हुन्थ्यो ।

समयमा मल उपलब्ध नहुँदा हरेक वर्ष किसान पीडामा हुन्छन् ।

‘रसायनिक मल र विषादीबिना सोचेजस्तो उत्पादन लिन सकिन्नँ । त्यसैले ड्रागन खेतीमा लागेको हुँ’, उनले भने ।

नेपाली बजारमा सेतो ड्रागन फ्रुट प्रतिकिलो ५ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

राईले रातो जातको बिरुवा लगाएका छन् ।

राईका अनुसार सेतोभन्दा रातो प्रतिकिलो सय रुपैयाँ बढीमा बिक्री हुनेगर्छ ।

औसत प्रतिचार बोटबाट एक सिजनमा १२५ किलो उत्पादन लिन सकिने उनको भनाइ छ ।

२० वर्षसम्म लगातार उत्पादन लिन सकिने र मूल्य पनि राम्रो प्राप्त हुने अपेक्षासहित धान खेत मासेर ड्रागन लगाएका राईलाई उत्पादन सुरु भएपछि बजारको अभाव होला कि भन्ने चिन्ता लाग्न थालेको छ ।

मोरङमा देखियो बर्ड फ्लु, संक्रमण फैलन नदिन विज्ञ टोली परिचालन

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०