कोशी प्रदेशमा उत्पादित कपडाको कार्यालय पोसाक अनिवार्य

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३० असार, २०८३
१ महिनाअघि

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशको रैथाने उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई प्रदान गरिने पोसाक भत्ता कार्यान्वयनमा ल्याएको छ ।

प्रदेश सरकारले कोशी प्रदेशमै उत्पादित ढाका, खाँडी, अल्लो तथा अन्य कपडाबाट निर्मित कार्यालय पोसाक अनिवार्य रूपमा प्रयोग गर्न कर्मचारीहरूलाई निर्देशन दिएको छ ।

प्रत्येक हप्ताको बुधबार र शुक्रबार यो व्यवस्था लागु गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

सोही निर्णयअनुसार सामाजिक विकास मन्त्रालयका कर्मचारीहरूले आजैदेखि स्थानीय उत्पादनबाट बनेको पोसाक लगाउन सुरु गरेका छन् ।

साताको दुई दिन स्थानीय उत्पादनको पोसाक लगाउनुपर्ने व्यवस्थाका लागि सरकारले नियमित रूपमा प्रदान गर्दै आएको पोसाक भत्तामा प्रतिव्यक्ति वार्षिक पाँच हजार पाँच सय रुपियाँ थप गरी विशेष पोसाक सुविधा उपलब्ध गराएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि कोशी प्रदेशका स्थानीय तहहरूले पनि यस अभियानमा सहभागी हुन चाहेमा प्रदेश सरकारले लागत साझेदारी गर्ने नीति तथा आवश्यक बजेटको व्यवस्था गर्ने जानकारी दिए ।

उनका अनुसार यस अभियानले कोशी प्रदेशमा उत्पादित ढाका, खाँडी र अल्लोजस्ता स्थानीय वस्तुको उत्पादन, बजारीकरण तथा प्रयोगलाई प्रोत्साहन गर्ने छ । यसबाट स्थानीय उद्योग र उद्यमीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिइएको छ ।

हाल कोशी प्रदेश सरकार अन्तर्गत करिब तीन हजार ९६ जना कर्मचारी कार्यरत छन् भने स्वीकृत दरबन्दी चार हजारभन्दा बढी रहेको छ ।

प्रदेश सरकारले कर्मचारीमार्फत स्थानीय उत्पादनको प्रयोग बढाउँदै स्वदेशी उद्योगको प्रवर्धन र प्रदेशको अर्थतन्त्रलाई थप चलायमान बनाउने लक्ष्य लिएको जनाएको छ ।

प्रकाशित समय: मङ्गलबार ३० असार, २०८३, २०:४८:५७
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति राप्रपाको आपत्ति, तत्काल रिहाइको माग
बिहिबार २८ साउन, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिने
बुधबार २७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०