इरान-इजरायलको भूराजनीतिक तनावले साउदीमा छायो मदिराको संकट

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २० ब‌ैशाख, २०८३
४ महिनाअघि

आजभोलिको व्यस्त जीवनशैलीमा मानिसहरू तनाव, थकान र मानसिक दबाबबाट मुक्त हुन विभिन्न उपायहरू अपनाउँछन् । तीमध्ये मदिरा सेवन पनि एक प्रमुख माध्यम बन्दै गएको छ । कतिपयका लागि त मदिरा केवल मनोरञ्जन होइन, दैनिक जीवनको अभिन्न हिस्सा जस्तै भइसकेको छ ।

अन्तर्राष्ट्रियस्तरमा हुने राजनीतिक तनाव र युद्धले समेत मदिरा आपूर्तिमा असर पार्दा यसको प्रभाव उपभोक्ताहरूको जीवनमा प्रत्यक्ष रूपमा पुग्ने गरेको देखिन्छ । इरान र इजरायलबीच बढ्दो तनावले मध्यपूर्व क्षेत्रको आपूर्तिमा व्यापक असर पारिरहेको छ । यसको प्रत्यक्ष प्रभाव साउदी अरेबियामा समेत देखिएको छ, जहाँ मदिराजन्य पेय पदार्थको अभाव सिर्जना भएको छ ।

युद्धका कारण हवाई तथा समुद्री ढुवानीमा अवरोधका कारण बहराइन र युएई जस्ता छिमेकी मध्यपूर्वी देशहरूबाट आयात हुने बियर, वाइन, टकीला लगायतका पेय पदार्थहरू समयमै नपुग्दा राजधानी रियादस्थित एक मात्र इजाजतपत्र प्राप्त मदिरा पसलका शेल्फहरू खाली हुन थालेका छन् ।

साउदी अरबमा एक मात्र सरकारी मदिरा पसल सञ्चालनमा छ, जुन राजधानी रियादको कूटनीतिक आवास क्षेत्रभित्र अवस्थित छ । कुनै साइनबोर्ड वा नाम बिनाको यो पसल २०२४ मा मुख्यतया साउदी अरेबियामा बसोबास गर्ने गैर-मुस्लिम कूटनीतिज्ञहरू तथा उनीहरूका परिवारका लागि सञ्चालनमा ल्याइएको हो ।

पछिल्लो समय भने धनी गैर-मुस्लिम विदेशी बासिन्दाहरूलाई समेत सीमित पहुँच दिइएको छ । तर आपूर्ति अभावका कारण अहिले पसलमा अत्यन्तै सीमित ब्रान्ड मात्र उपलब्ध छन् भने मूल्य अत्यधिक महँगो भएको ग्राहकहरूको गुनासो छ । पसलमा सेतो वाइन पूर्ण रूपमा सकिएको छ भने केही मात्रामा उपलब्ध रातो वाइन अत्यधिक मूल्यमा बिक्री भइरहेको छ ।

कतिपय अवस्थामा पसल बाहिर लामो लाइन लाग्ने र ग्राहकबीच झगडा समेत हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। पसल सुरु हुनुभन्दा अघि, साउदी अरबमा रक्सीको पहुँच घरेलु मदिरा, कूटनीतिक माध्यम वा कालो बजारमा सीमित थियो, जहाँ गुणस्तर र मूल्य दुवैमा उल्लेखनीय भिन्नता हुन्थ्यो। साउदीमा मदिरा सम्बन्धी नीति ऐतिहासिक रूपमा निकै कडा रहँदै आएको छ।

इस्लाम धर्मको उदयसँगै मदिरा सेवनलाई निषेध गरिएको थियो । कुरानमा लागूपदार्थ र मदिरा निषेधलाई धार्मिक जीवनको महत्वपूर्ण आधार मानिन्छ। २० औं शताब्दीको सुरुवातमा, साउदी अरेबिया एकीकृत हुँदै विदेशी शक्तिहरूसँग संलग्न हुन थालेपछि रक्सी सीमित स्थानहरूमा पुनस् प्रवेश हुन्थाल्यो । पूर्व-इस्लामिक अरबमा, शहरी केन्द्रहरू र ईसाई जनसंख्या सहित केही समुदायहरूमा वाइनको खपत अवस्थित थियो। त्यस युगका कविता र ऐतिहासिक विवरणहरूले पनि मदिरा संस्कृतिलाई उल्लेख गर्दछ ।

तर कहिल्यै विश्वव्यापी थिएन। सन् १९५२ देखि लागू गरिएको कानुनअनुसार मदिरा उत्पादन, बिक्री तथा सेवन पूर्ण रूपमा प्रतिबन्धित छ। इस्लामिक मूल्य र कानुनी संरचनाले यसलाई कडाइका साथ कार्यान्वयन गर्दै आएको छ । जसअनुसार उल्लंघन गर्नेहरूलाई जेल, कोर्रा वा विदेशी नागरिकका हकमा देश निकाला सम्मको सजाय दिइन्थ्यो ।

यद्यपि, कालो बजार, घरेलु उत्पादन तथा कूटनीतिक माध्यममार्फत मदिरा प्राप्त गर्ने प्रचलन भने निरन्तर रहँदै आएको थियो। पछिल्ला वर्षहरूमा क्राउन प्रिन्स मोहम्मद बिन सलमानले अघि सारेको आर्थिक तथा सामाजिक सुधार कार्यक्रम अन्तर्गत केही नीतिगत परिवर्तन देखिएको छ। विदेशी लगानी आकर्षित गर्ने र अर्थतन्त्रलाई विविधीकरण गर्ने उद्देश्यले सीमित दायराभित्र मदिरा बिक्रीलाई अनुमति दिइएको हो ।

तर यो पूर्ण रूपमा सांस्कृतिक परिवर्तन नभई आर्थिक आवश्यकताका आधारमा गरिएको अपवादका रूपमा हेरिएको छ। साउदी नागरिक तथा मुस्लिम समुदायका लागि मदिरा अझै पनि अवैध नै छ। इरान-इजरायल तनावको प्रभाव केवल राजनीतिक र सैन्य क्षेत्रमै सीमित नरही आर्थिक तथा सामाजिक क्षेत्रमा समेत गहिरो रूपमा फैलिएको देखिन्छ।

विशेष गरी मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनावले हाल साउदीमा देखिएको अभावले त्यँहाको आपूर्ति प्रणाली कति हदसम्म बाह्य परिस्थितिमा निर्भर छ भन्ने स्पष्ट देख्न सकिन्छ । साउदीमा देखिएको मदिरा अभाव यसको एउटा उदाहरण हो । जसले क्षेत्रीय अस्थिरताको प्रत्यक्ष असर सर्वसाधारणदेखि कूटनीतिक समुदायसम्ममा पर्न सक्ने संकेत गर्दछ।

प्रकाशित समय: आईतबार २० ब‌ैशाख, २०८३, १६:२२:५५
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०