अमेरिकी विशेष दूत सर्गियो गोर आज काठमाडौं आउँदै, उच्चस्तरीय भेटघाटको तयारी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ ब‌ैशाख, २०८३
५ महिनाअघि

काठमाडौं। डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर आज काठमाडौं आइपुग्ने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी आज साँझ काठमाडौं ओर्लिनेछन्। बालेन शाह नेतृत्वमा सरकार गठन भएयता नेपाल भ्रमणमा आउने गोर सबैभन्दा उच्च तहका अमेरिकी कूटनीतिज्ञ मानिएका छन्।

३९ वर्षीय गोर दक्षिण तथा मध्य एशियाका लागि अमेरिकी विशेष दूत हुनुका साथै भारतका लागि अमेरिकी राजदूतका रूपमा पनि कार्यरत छन्। ट्रम्पका निकट सहयोगीका रूपमा चिनिने उनलाई दुईवटा महत्वपूर्ण जिम्मेवारी एकैसाथ दिइएको छ। यस आधारमा उनको हैसियत यसअघि काठमाडौं आएका अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर भन्दा उच्च मानिएको छ।

Advertisement

उनको नेपाल भ्रमण मुख्यत: व्यवसाय, लगानी प्रवर्द्धन तथा दुई देशबीचको सम्बन्ध विस्तारमा केन्द्रित रहने बताइएको छ। भ्रमणका क्रममा उनले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल सँग भेट गर्ने कार्यक्रम तय भइसकेको छ।

यद्यपि, प्रधानमन्त्री बालेन शाहसँग गोरको भेट हुने/नहुने विषय अझै निश्चित भएको छैन। प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालका अनुसार प्रधानमन्त्री हाल आन्तरिक मामिलामा, विशेषगरी सुशासनका विषयमा केन्द्रित रहेकाले भेटको टुंगो लाग्न बाँकी रहेको हो। पछिल्ला वर्षहरूमा विदेशी कूटनीतिज्ञहरूले प्रधानमन्त्रीसहित शीर्ष नेतृत्वसँग भेटघाट गर्ने अभ्यास रहे पनि वर्तमान सरकारमा त्यो परम्परा केही फरक देखिन थालेको छ।

यसअघि नेपाल आएका समिर पल कपुरले पनि प्रधानमन्त्रीसँग भेट नगरी रवि लामिछाने लगायतका नेताहरूसँग भेटघाट गरेर फर्किएका थिए। त्यसैगरी, यदि समय नमिले गोरले पनि उच्च मन्त्रीहरू तथा राजनीतिक नेतृत्वसँग भेट गरेर फर्किने सम्भावना रहेको स्रोतले जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०