पर्वत – जिल्लाको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
शुक्रबार साँझ चट्याङ लागेर गम्भीर घाइते भएकी ५५ वर्षीया सीता लामिछानेको उपचारका क्रममा शनिबार प्रदेश अस्पताल पर्वतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
सूचना अधिकारी प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार उनी घरभित्र बसिरहेको अवस्थामा एक्कासी चट्याङ पर्दा घाइते भएकी थिइन्। बेहोस अवस्थामा उनलाई तत्काल अस्पताल पुर्याइए पनि बचाउन नसकिएको हो।
प्रहरीले वर्षायाममा चट्याङबाट बच्न आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।