रंगेलीमा पासपोर्ट वितरण पुनः सुरु हुँदै

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १ ब‌ैशाख, २०८३
४ महिनाअघि

रंगेली । इलाका प्रशासन कार्यालय, रंगेलीले राहदानी (पासपोर्ट) वितरणलाई केही दिनभित्रै निरन्तरता दिने भएको छ । गत भदौमा भएको जेनजी आन्दोलनमा प्रिन्ट गर्ने मेसिन बिग्रिएपछि अवरुद्ध भएको विद्युतीय राहदानी सेवा केही दिनभित्रै सुरु हुने भएको हो ।

मेसिन जलेर ध्वस्त भएको सात महिनापछि प्रिन्ट मेसिन प्राप्त भएको र चाँडै नै पासपोर्ट वितरण सुरु हुने इलाका प्रशासन कार्यालय, रंगेलीका प्रमुख रोशन अधिकारीले जानकारी दिए । आफूहरूले पासपोर्ट वितरणको तयारी गरिरहेको जनाउँदै उनले अब रंगेलीबासीले राहदानी बनाउन विराटनगर वा अन्यत्र जानु पर्ने बाध्यता पुनः हट्ने उनको भनाइ छ ।

यस्तै, रंगेलीका पूर्वनगरप्रमुख दिलीप बगडियाले जेनजी विद्रोहपछि मेसिन जलेपछि रंगेली र आसपासका नागरिकलाई पासपोर्ट बनाउनलाई सास्ती भएको बताउँदै अब पुनः राहदानी वितरण थाल्नका लागि आफूले पहल गरिरहेको बताए ।

‘यहाँका नागरिकको गुनासो सुन्दै आएको थिएँ, यसैले मैले प्रमुख जिल्ला अधिकारी र राहदानी विभागका महानिर्देशसँग कुरा गरिरहेको थिएँ,’ उनले भने, ‘मेरो पहलले सार्थकता पाएको छ । अब चाँडै नै यहाँबाट नै राहदानी पाउनुहुनेछ ।’

अब इलाका प्रशासन रंगेलीको कार्यक्षेत्रमा पर्ने विभिन्न पालिकाका सेवाग्राहीले राहदानीकै लागि मात्र विराटनगर आउनुपर्ने बाध्यता हट्ने उनको भनाइ छ ।

प्रकाशित समय: मङ्गलबार १ ब‌ैशाख, २०८३, १४:२६:०८
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०