इरानसँग शान्ति वार्ताका लागि अमेरिकी टोली पाकिस्तानमा, नेतृत्व गर्दै उपराष्ट्रपति भान्स

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २८ चैत, २०८२
४ महिनाअघि

अमेरिकाका उपराष्ट्रपति जेडी भान्स इरानसँग तय भएको शान्ति वार्ताका लागि अमेरिकी प्रतिनिधि मण्डलको नेतृत्व गर्दै पाकिस्तान प्रस्थान गरेका छन्। वार्ता इस्लामाबादमा हुने जनाइएको छ।

अमेरिकी टोलीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प का ज्वाइँ तथा पूर्व सल्लाहकार जेरेड कुशनर र विशेष दूत स्टीभ भिटकफ समेत सहभागी छन्। उनीहरू यसअघि इजरायल–गाजा युद्धविराम र रूस–युक्रेन द्वन्द्व रोक्ने प्रयासमा पनि संलग्न थिए।‘एयर फोर्स टु’ मार्फत यात्रा गरिरहेको प्रतिनिधि मण्डल फ्रान्सको राजधानी पेरिस मा इन्धन भर्न रोकिएको थियो। पाकिस्तान प्रस्थानअघि भान्सले इरानसँग वार्तामा सकारात्मक संकेत देखिए आफूहरू खुला रूपमा अघि बढ्न तयार रहेको बताएका छन्।

साथै उनले कडा चेतावनी दिँदै वार्तामा कुनै छलकपट भए त्यसको जवाफ कडा रूपमा दिइने संकेत गरेका छन्। राष्ट्रपति ट्रम्पले पनि भान्सलाई स्पष्ट निर्देशन दिएको बताइएको छ।इरानको तर्फबाट संसद् सभामुख मोहम्मद बाघेर घालिबाफ र विदेशमन्त्री अब्बास अराघची इस्लामाबाद पुगिसकेका छन्।

यो वार्ता निकै संवेदनशील मानिएको छ, किनकि पछिल्ला सैन्य तनावपछि दुवै पक्षबीच अविश्वास बढेको छ। सफल भएमा क्षेत्रीय स्थायित्वमा ठूलो प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रकाशित समय: शनिवार २८ चैत, २०८२, १०:१८:३०
जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ युनिट रगत संकलन
आईतबार १७ साउन, २०८३
विश्व स्तनपान सप्ताह आजदेखि सुरु
शनिवार १६ साउन, २०८३
सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
शनिवार १६ साउन, २०८३
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०