विराटनगर । प्रतिनिधिसभाको उपसभामुखका लागि आज निर्वाचन हुँदै छ ।
आज दिउँसो ४ बजे बस्ने बैठकमा उपसभामुखको निर्वाचन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
उपसभामुखका लागि बिहीबार मनोनयन दर्ता भएको थियो । श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामाले उपसभामुख पदका लागि उम्मेदवारी दिएका छन् ।