विराटनगर । सरकारले सार्वजनिक यातायातको भाडा दर वृद्धि गरेको छ । इन्धन मूल्यमा आएको उतारचढाव र अन्य आर्थिक सूचकलाई कारण देखाउँदै नयाँ भाडा निर्धारण गरिएको हो ।
नयाँ भाडा अनुसार यात्रुवाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढाइएको छ। मालवाहक सवारी साधनको भाडा पहाडी मार्गमा २१.६८ प्रतिशत र तराई मार्गमा १५.७५ प्रतिशतले समायोजन गरिएको छ ।
यातायात व्यवस्था विभागले भाडा समायोजनको स्वीकृतिका लागि मन्त्रालयमा प्रस्ताव पठाएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले भाडावृद्धिको निर्णय सदर गरेसँगै विभागलाई अनुमति प्राप्त भएको छ ।