अफगानिस्तान संसारकै सबैभन्दा दुःखी देश, यस्ता छन् अन्य १० दुःखी राष्ट्रहरू

माधव काफ्ले
मङ्गलबार २४ चैत, २०८२
६ महिनाअघि

विराटनगर । संसारमा केही त्यस्ता देशहरू पनि छन् जहाँ कोही बस्न त के जान पनि चाहँदैन । त्यी देशहरूको अवस्था यति खराब छ कि आम मानिसलाई त्यहाँ जिउँदो रहन पनि गाह्रो हुन्छ । हिंसा, राजनीतिक अस्थिरता, महँगी र अव्यवस्थाजस्ता कुराको सामना त्यहाँका नागरिकले गरिरहेका छन् ।

अघिल्लो महिना मात्र दुनियाँकै सबैभन्दा खुशी देशहरू सूची सार्वजनिक भएको थियो । जसमा फिनल्यान्ड सबैभन्दा खुशी देश कहलियो भने नेपाल दक्षिण एसियातर्फकै पहिलो अनि समग्रमा ९९औं खुशी देश बन्यो । बेलायतको अक्सफोर्ड विश्वविद्यालयको वेलबिङ रिसर्च सेन्टरले प्रत्येक वर्ष सार्वजनिक गर्ने विश्व ह्यापिनेस रिपोर्टले सर्वाधिक १० दुःखी राष्ट्रको सूची सार्वजनिक गरेको छ ।

Advertisement

यस सूचीमा रहेका राष्ट्रहरू अधिकतम् लामो समयको युद्धले थलिएका, राजनीतिक अस्थितरताबाट गुज्रिएका र सशस्त्र संघर्ष जस्ता परिस्थितिसँग जुधिरहेका छन् । त्यसबाहेक अत्यधिक गरिबी, अकाल र मानवीय विपद्का घटनाहरूले ती देशका नागरिक दुःखी हुनुमा भूमिका खेलेको उल्लेख छ ।

उक्त रिपोर्टअनुसार संसारकै सबैभन्दा दुःखी देश हो, अफगानिस्तान । विश्व ह्याप्पीनेस रिपोर्टअनुसार १४७ औं स्थानमा रहेको अफगानिस्तानको ग्रामीणस्तरका नागरिकको जीवनस्तर धेरै नै कष्टकर छ । आर्थिक पतन, राजनीतिक अनिश्चितता र रोजगारको चरम अभावका कारण यहाँ व्याप्त गरिबी छ । जसका कारण त्यहाँका मानिसहरूको सार्वजनिक सेवाहरूमा समेत पहुँच पुग्न सकेको छैन । अफगानिस्तान दशकौंयता युद्धबाट ग्रस्त छ । आजसम्म पनि यहाँ कुनै यस्तो सरकार छैन, जसले विश्वव्यापी मान्यता प्राप्त गरेको होस् ।

संसारकै दोस्रो दुःखी राष्ट्र हो, सिएरा लियोन । रिपोर्टअनुसार दक्षिण अफ्रिकाको यो देश लामो समयदेखि गरिबी र गृहयुद्धबाट छटपटाइरहेको छ । त्यसबाहेक यो देशमा राजनीतिक स्थिरता छैन भने सार्वजनिक व्यवस्था, खासगरी मौलिक स्वास्थ्यसम्ममा यहाँका नागरिकको पहुँच छैन । यहाँका नागरिकले मौलिक आवश्यकताका लागि पनि संघर्ष गरिरहनुपरेको छ ।

यस सूचीको १४५औं स्थानमा रहेर तेस्रो दुःखी देश बनेको छ, मलावी । पूर्वी अफ्रिकाको यो देश हालसम्म पनि गम्भीर खाद्य असुरक्षासँग जधिरहेको छ । हैजाको प्रकोप र चक्रवात जस्ता प्राकृतिक विपद्का कारण यो देशले मानवीय संकटको सामना गरिरहेको छ । यस देशको आधाभन्दा धेरै नागरिक गरिबीको रेखामुनि रहेर जीवनयापन गरिरहेका छन् ।

अफ्रिकन राष्ट्र जिम्बावे चौथो दुःखी देश हो, जो गम्भीर रूपमा आर्थिक विपन्नता र अत्यधिक मुद्रास्फितीसँग जुधिरहेको छ । जलवायुमा व्यापक परिवर्तनसँग जुधिरहेको जिम्बावे महँगीको दरबाट धेरै पीडित छ । यो देशका नागरिकले अत्यावश्यक वस्तु किन्न पनि मुस्किल पर्ने गरेको छ ।

दक्षिण अफ्रिकन राष्ट्र बोत्सवाना वर्ल्ड ह्याप्पीनेस रिपोर्ट २०२६ को १४३औं स्थानमा छ । यो देशमा अपराध, यौन हिंसा र खाद्य असुरक्षा चरम स्तरमा छ । अत्यधिक लैंगिक हिंसा, एचआइभी एड्सका बिरामीहरूको बढ्दो संख्या र राजनीतिक अस्थिरता यहाँको दुःखीपनाको कारण हो । बोत्सवानामा महिलाहरूविरुद्ध अपराधको रेकर्ड नै कायम छ । यहाँका पुरुषहरूले महिलाहरूलाई पैतालामुनि दबाएर राखेका छन् भनिन्छ । खाद्य असुरक्षा र पानीको कमीका कारण यो देशको अवस्था झन्-झन् विकराल बन्दै गएको छ ।

मध्यपूर्वी देश यमनको पनि अवस्था दयनीय छ । यमनमा लामाे समयदेखि युद्ध चलिरहेको छ । दुनियाँले आतंकवादी संगठन मान्ने गरेको हुती विद्रोहीको पनि गढ हो, यमन । जसले अझै पनि देशको ठुलो हिस्सा कब्जा गरेको छ । आन्तरिक द्वन्द्वको फाइदा उठाउँदै यो देशमाथि अमेरिका, ब्रिटेन र इजराइलसमेत थुप्रै राष्ट्रले बेला बेला हमला गरिरहन्छन् ।

मध्यपूर्वकै अर्को देश लेबनान पनि दुःखी देशहरूमध्ये एक हो । हिंसाग्रस्त यो देशमा लामाे समयसम्म हिजबुल्लाले राज गर्थे । गत वर्ष इजराइली हमलामा हिजबुल्लाको शीर्ष नेताको निधन भएपश्चात पनि यो देश युद्धसँग जुधिरहेकै छ । लेबनानमा अहिले पनि इजरायली हमला जारी छ जसमा ठुलो संख्यामा त्यहाँका नागरिक हताहत भइरहेका छन् ।

डेमोक्रेटिक रिपब्लिक अफ कंगो पनि आठौं दुःखी देश हो । यो देशमा पछिल्लो तीन दशकयता हिंसा, अस्थिरता र मानवीय संकट जारी छ । पूर्वी कंगो M23 विद्रोही गुट र अन्य सशस्त्र समूहहरूको कब्जामा छ, जसका कारण सयौंको मृत्यु र लाखौं मानिस विस्थापित भइसकेका छन् ।  कोबाल्ट र अन्य खनिजको लुट, खराब शासन र जातीय संघर्षका कारण कंगो गम्भीर स्थितिमा छ ।

अफ्रिकन राष्ट्र इजिप्ट पनि संसारका १० दुःखी देशहरूको सूचीमा छ । हाल गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको इजिप्ट उच्च मुद्रास्फिति र विदेशी ऋणले थलिएको छ । अझ रुस-युक्रेन युद्धका कारण गहुँको आपूर्ति प्रभावित हुँदा इजिप्टमा खाद्यान्न चरम महँगो भएको छ । इजिप्टमा संकलित राजस्वको ठुलो हिस्सा अहिले पनि विदेशी ऋण तिर्दै जाने गरेको छ ।

पूर्वी अफ्रिकन राष्ट्र तान्जनियामा पनि मान्छे खुशी छैनन् । राजनीतिक अस्थिरता व्याप्त भएको यो देश हिंस्रक प्रदर्शनबाट थप प्रभावित छ । सामिया सुलुहू हसन दोस्रो पटक राष्ट्रपति बनेपछि भएको तनावले गर्दा तान्जनियाको अवस्था झन् झन् बिग्रँदो छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०