महेन्द्र मोरङभित्रै धमाधम हराउँछन् शैक्षिक प्रमाणपत्र, नयाँ निकाल्नू भन्दै विद्यार्थीलाई तिराइन्छ पैसा

नवीन भट्टराई
बिहिबार १९ चैत, २०८२
५ महिनाअघि

विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसभित्रै हराएको शैक्षिक प्रमाणपत्रका लागि विद्यार्थीहरूले अनावश्यक रूपमा झन्झट भोग्नुपरेको खुलेको छ । पूर्वकै शैक्षिक धरोहर मानिएको क्याम्पसले लापरबाहीपूर्ण तरिकाले शैक्षिक प्रमाणपत्र हराएर त्यहाँ अध्ययनरत विद्यार्थीहरूलाई अनावश्यक हैरानी दिनेगरेको खुलेको हो ।

व्यवस्थापनतर्फ चार वर्षे स्नातकमा अध्ययनरत इलामकी उमा कार्की आफ्नो लब्धांक पत्र लिन गत मंगलबार कलेज पुगेकी थिइन् । तर, मार्कसिट हराएको र खोजेर भोलि उपलब्ध गराउने भन्दै कर्मचारीले पठाएका थिए । दोस्रो दिन बुधबार कलेज पुग्दा मार्कसिट नभेटिएको भन्दै उनलाई ३०० रुपैयाँको रसिद काटेर काठमाडौं जानका लागि सुझाइएको थियो ।

कर्मचारी स्वयमको लापरबाहीले गर्दा हराएको मार्कसिटका लागि आफूले अनावश्यक झन्झट पाएको महसुस गरेको उमाको दुःखेसो छ । आफूमात्र नभएर अन्य धेरै विद्यार्थी सोही प्रवृत्तिको समस्याबाट आजित भएको जनाउँदै उनले कुशल व्यवस्थापन नहुँदा कलेज प्रशासनले समय र पैसा खर्चन बाध्य बनाएको बताइन् । यसको जबाफदेहिता कलेज र कर्मचारीले लिनुपर्ने उाको भनाइ छ ।

यता, शैक्षिक प्रमाणपत्र शाखाले भने कर्मचारीहरूले व्यवस्थित रूपमा शैक्षिक कागजात नराखिदिँदा विद्यार्थीहरूले दुःख पाइरहेको स्वीकारेका छन् । क्याम्पसकी मुख्य कार्यालय सहायक नमिता निरौलाले अव्यवस्थित तरिकाले बोरामा खाँदेर राखिएका कारण शैक्षिक प्रमाणपत्र हराएको र यसबाट कर्मचारीलाई पनि खोज्न हैरान हुने गरेको जनाइन् ।

विद्यार्थीले मरिहत्ते गरेर पाएका शैक्षिक प्रमाणपत्र अव्यवस्थित रूपमा राखिएको भनेर कर्मचारी स्वयमले स्वीकार गर्दागर्दै क्याम्पस प्रमुख डा. रामावतार शरण व्यस्थित तरिकाले राखिएको दाबी गर्छन् । तथापि, विद्यार्थीको प्रमाणपत्र हराएको नभएर मिसप्लेस भएको हुन सक्ने भएकोले खोजेर यस समस्याको समाधान गर्ने उनको भनाइ छ ।

क्याम्पस प्रमुखले भनेझैं कर्मचारीको लापरबाहीले मिसप्लेस भएको भए, उक्त प्रमाणपत्र लिन विद्यार्थीले ३०० रुपैयाँको रसिद काट्नुपर्ने ? कर्मचारीको गल्तीको सजाय अनावश्यक रूपमा विद्यार्थीले कहिलेसम्म काँधमा बोकेर हिँड्नुपर्ने ? यस्ता कैयन प्रश्नहरूले शैक्षिक धरोहर महेन्द्र मोरङ क्याम्पस र त्यहाँ आबद्ध कर्मचारीहरू जकडिएका छन् ।

प्रकाशित समय: बिहिबार १९ चैत, २०८२, १३:०९:४२
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०