२७ दिनपछि इनिसाको शव बुझ्दै परिवार, आजै अन्त्येष्टि गरिने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १९ चैत, २०८२
४ महिनाअघि

सुर्खेत– १६ वर्षीया इनिसा विकको शव २७ दिनपछि अन्ततः परिवारले बुझ्ने भएका छन्। न्यायको माग गर्दै लामो समयसम्म शव नबुझेको परिवार अदालतको आदेशपछि शव बुझ्न तयार भएको हो।

परिवारका अनुसार बिहीबार दिउँसो भेरी पुल नजिकको सम्झिघाटमा उनको अन्त्येष्टि गरिने तयारी गरिएको छ। इनिसाको शव विगत २७ दिनदेखि प्रदेश अस्पतालको शवगृहमा राखिएको थियो।

मंगलबार जिल्ला अदालत सुर्खेतले बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चार जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउने आदेश दिएको थियो। सोही आदेशपछि परिवारले शव बुझ्ने निर्णय गरेको हो।

गुर्भाकोट–६, बडाखोली घर भएकी इनिसा वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन्। उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत उनी फागुन २३ गते बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन्।

तर, सोही दिन बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जंगलमा उनी अचेत अवस्थामा फेला परेकी थिइन्। तत्काल प्रदेश अस्पताल कालागाउँ लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले चार जना युवकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो। प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद देखिएपछि बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान अघि बढाइएको थियो।

इनिसाको घटनामा दोषीलाई कडा कारबाहीको माग गर्दै देशभर विभिन्न चरणमा प्रदर्शनसमेत भएका थिए।

प्रकाशित समय: बिहिबार १९ चैत, २०८२, १२:३३:३३
निम्स दाइको निधनमा गाउँपालिकाद्वारा शोक बिदा घोषणा
आईतबार १७ साउन, २०८३
इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
आईतबार १७ साउन, २०८३
जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ युनिट रगत संकलन
आईतबार १७ साउन, २०८३
विश्व स्तनपान सप्ताह आजदेखि सुरु
शनिवार १६ साउन, २०८३
सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
शनिवार १६ साउन, २०८३
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०