अभिमुखीकरण तालिम शुल्क ७ सय , बढी लिए इजाजत खारेज हुने चेतावनी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १७ चैत, २०८२
५ महिनाअघि

काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिकलाई दिइने अभिमुखीकरण तालिम शुल्क नबढेको वैदेशिक रोजगार विभाग ले स्पष्ट पारेको छ। विभागले जारी गरेको सूचनाअनुसार प्रति प्रशिक्षार्थी अभिमुखीकरण तालिम शुल्क ७ सय रुपैयाँ नै कायम रहेको छ। पछिल्लो समय केही तालिम प्रदायक संस्थाले २ हजार १ सय रुपैयाँसम्म लिने गरेको गुनासो आएपछि विभागले स्पष्टिकरण दिएको हो।

अभिमुखीकरण तालिम अनिवार्य रूपमा दुई दिन सञ्चालन हुने र सो अवधिभरको कुल शुल्क ७ सय रुपैयाँ नै हुने विभागले जनाएको छ। २०८१ असोज १३ गते जारी प्रेस विज्ञप्तिमार्फत यही शुल्क कायम रहेको पुनः पुष्टि गरिएको छ।

विभागले तोकिएको शुल्कभन्दा बढी रकम लिएको पाइएमा उजुरी गर्न आग्रह गर्दै त्यस्तो कार्य गर्ने संस्थाको इजाजत पत्र स्वतः खारेज गरिने चेतावनी दिएको छ।

वैदेशिक रोजगार ऐन २०६४ तथा सम्बन्धित नियमावलीअनुसार तालिम सञ्चालनका सबै मापदण्ड पालना गर्नुपर्ने विभागले स्मरण गराएको छ। साथै, सबै मान्यता प्राप्त तालिम प्रदायक संस्थालाई निर्धारित शुल्क मात्र लिन र कार्यविधि पूर्ण रूपमा पालना गर्न निर्देशन दिइएको छ।

प्रकाशित समय: मङ्गलबार १७ चैत, २०८२, १८:१७:१०
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०