इरानले गर्यो अमेरिकी प्रस्ताव अस्वीकार, आफ्ना सर्त पूरा भए मात्र युद्ध अन्त्य हुने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १२ चैत, २०८२
६ महिनाअघि

काठमाडौं । इरानले संयुक्त राज्य अमेरिका को युद्धविराम प्रस्ताव अस्वीकार गर्दै डोनाल्ड ट्रम्प को सर्तमा युद्ध अन्त्य नहुने स्पष्ट पारेको छ।

इरानी अधिकारीहरूका अनुसार मध्यस्थकर्ता देशहरू मार्फत आएको अमेरिकी प्रस्ताव ‘धोखाधडी’ भएको र दबाब सिर्जना गर्न मात्रै ल्याइएको दाबी गरिएको छ। इरानले युद्ध अन्त्यका लागि पाँच प्रमुख सर्त अघि सारेको छ, जसमा आफ्नाविरुद्धका आक्रमण र लक्षित हत्या पूर्ण रूपमा रोक्नुपर्ने, भविष्यमा युद्ध नहुने सुनिश्चित ग्यारेन्टी, युद्ध क्षतिको क्षतिपूर्ति, सबै मोर्चामा शत्रुताको अन्त्य तथा हर्मुज जलमार्गमा आफ्नो अधिकारको अन्तर्राष्ट्रिय मान्यता हुनुपर्ने उल्लेख छ।

Advertisement

यसैबीच, अमेरिकाले इरानलाई १५ बुँदे योजना प्रस्ताव गरेको छ, जसमा इरानको आणविक कार्यक्रम नियन्त्रण, युरेनियम संवर्धन सीमितता, ब्यालिस्टिक तथा क्रूज मिसाइलमा नियन्त्रण र हर्मुज जलमार्ग पूर्ण रूपमा खुला राख्ने सर्त समावेश छन्। बदलामा इरानमाथिका आर्थिक प्रतिबन्ध हटाउने प्रस्ताव गरिएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी नेतृत्व सम्झौता गर्न इच्छुक भए पनि आन्तरिक र बाह्य दबाबका कारण खुल्न नसकेको दाबी गरेका छन्।

तर, इरानका विदेशमन्त्री अब्बास अराघचीले तेहरान र वासिङ्टनबीच हाल कुनै औपचारिक वार्ता नरहेको स्पष्ट पारेका छन्। उनले विभिन्न माध्यमबाट आदानप्रदान भएका सन्देशलाई वार्ताको रूपमा लिन नसकिने बताएका छन्।

उता ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकाले इरानको सैन्य क्षमतामा निरन्तर कमजोरी ल्याइरहेको दाबी गर्दै हालसम्म हजारौं लक्ष्यमा प्रहार गरिएको र इरानी आक्रमणहरू उल्लेख्य रूपमा घटेको बताएकी छिन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०