विराटनगरमा पत्नीको हत्या, शव लुकाउन दाजुको सिटी प्रयोग

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ११ चैत, २०८२
५ महिनाअघि

विराटनगर । विराटनगर महानगरपालिका–१५ का ३५ वर्षीय रोशन साहले पत्नीको हत्या गरी शव व्यवस्थापनका लागि सीटी सफारी प्रयोग गरेको घटना सार्वजनिक भएको छ  ।

चैत ५ गते राति आफ्नी ३२ वर्षीया पत्नी कोमलकुमारी साहको घरभित्रै हत्या गरेका उनले शव लुकाउन उनले दाजु दीपेन्द्र साहको नाममा रहेको प्रदेश १–०२–००३ ह ५७०७ नम्बरको सीटी सफारी प्रयोग गरेका हुन् ।

हत्या गरेपछि रोशनले शवलाई हातखुट्टा बाँधी तन्नाले बेरेर करिब ४ किलोमिटर टाढा विराटनगर–१७ स्थित छाला फ्याक्ट्रीनजिकको कल्भर्टमुनि फालेको अनुसन्धानबाट खुलेको छ ।

घटनामा दाजु दीपेन्द्रले सवारी चलाएर सहयोग गरेको देखिए पनि हत्यामा उनको प्रत्यक्ष संलग्नता रहेको वा नरहेको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चार दिनपछि मात्र घटना बाहिर आएको थियो। कल्भर्टमुनि पानीमा तन्नाले बेरिएको अवस्थामा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रारम्भमा शवको पहिचान गर्न कठिन भए पनि हराइरहेका व्यक्तिको विवरणसँग मिलाएर कोमलकुमारी भएको पुष्टि गरिएको थियो ।

रोशनले पत्नी हराएको नाटक गर्दै प्रहरीमा निवेदनसमेत दिएका थिए । तर अनुसन्धानका क्रममा उनी नै घटनामा संलग्न रहेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी भारततर्फ भाग्ने तयारीमा रहेका बेला घरबाटै नियन्त्रणमा लिइएको थियो ।

प्रहरीका अनुसार दाम्पत्य सम्बन्धमा उत्पन्न अविश्वास र विवाद नै घटनाको मुख्य कारण देखिएको छ । अहिले दुवै दाजुभाइलाई हिरासतमा राखी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित समय: बुधबार ११ चैत, २०८२, २१:३५:३८
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०