विश्व क्षयरोग दिवस: विराट मेडिकलद्वारा प्रभातफेरी र सचेतना र्‍याली

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १० चैत, २०८२
६ महिनाअघि

विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटल को आयोजनामा विश्व क्षयरोग दिवसको अवसरमा प्रभातफेरी तथा सचेतना र्‍याली निकालिएको छ। बुढीगंगा गाउँपालिका–स्थित टंकीसिनवारी क्षेत्रमा मंगलबार कार्यक्रम सम्पन्न गरिएको हो।

हस्पिटलको सामुदायिक चिकित्सा विभागको आयोजना तथा स्वास्थ्य कार्यालय मोरङ सँगको सहकार्यमा ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ: राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नारासहित र्‍याली निकालिएको हो।

Advertisement

हरेक वर्ष मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवस का अवसरमा आयोजित कार्यक्रममा विद्यार्थी, स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममार्फत क्षयरोगको समयमै पहिचान, उपचार तथा रोकथामबारे समुदायमा सचेतना फैलाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ मा नेपालमा करिब ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। देशभरका ६ हजार २४१ स्वास्थ्य संस्थाबाट उपचार सेवा उपलब्ध रहेको छ भने ७८५ संस्थामा माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क रूपमा सञ्चालनमा छन्।

स्वास्थ्यकर्मीका अनुसार तीन हप्ता वा सोभन्दा बढी समयसम्म खोकी लाग्ने, खकारमा रगत देखिने, सास फेर्न गाह्रो हुने, तौल घट्ने, अत्यधिक पसिना आउने वा थकान महसुस हुने जस्ता लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा परीक्षण गराउन आवश्यक हुन्छ।

कार्यक्रम डाक्टर सूर्य पराजुलीको संयोजकत्वमा सम्पन्न भएको थियो। र्‍यालीमा नाटा (NATA), बागमती सेवा समाज, बीएनएमटी नेपाल, युएनडीपी, उराँव मैत्री समाज लगायतका संस्थाहरू तथा एमबीबीएस अध्ययनरत १५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने

सोमबार १२ असोज, २०८३
१४ घण्टाअघि

चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग

सोमबार १२ असोज, २०८३
१९ घण्टाअघि

ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा

सोमबार १२ असोज, २०८३
१९ घण्टाअघि

फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?

सोमबार १२ असोज, २०८३
२१ घण्टाअघि

चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

सोमबार १२ असोज, २०८३
२२ घण्टाअघि

विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा

सोमबार १२ असोज, २०८३
२३ घण्टाअघि
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०