विश्व क्षयरोग दिवस: विराट मेडिकलद्वारा प्रभातफेरी र सचेतना र्‍याली

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १० चैत, २०८२
७ महिनाअघि

विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटल को आयोजनामा विश्व क्षयरोग दिवसको अवसरमा प्रभातफेरी तथा सचेतना र्‍याली निकालिएको छ। बुढीगंगा गाउँपालिका–स्थित टंकीसिनवारी क्षेत्रमा मंगलबार कार्यक्रम सम्पन्न गरिएको हो।

हस्पिटलको सामुदायिक चिकित्सा विभागको आयोजना तथा स्वास्थ्य कार्यालय मोरङ सँगको सहकार्यमा ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ: राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नारासहित र्‍याली निकालिएको हो।

Advertisement

हरेक वर्ष मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवस का अवसरमा आयोजित कार्यक्रममा विद्यार्थी, स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममार्फत क्षयरोगको समयमै पहिचान, उपचार तथा रोकथामबारे समुदायमा सचेतना फैलाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ मा नेपालमा करिब ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। देशभरका ६ हजार २४१ स्वास्थ्य संस्थाबाट उपचार सेवा उपलब्ध रहेको छ भने ७८५ संस्थामा माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क रूपमा सञ्चालनमा छन्।

स्वास्थ्यकर्मीका अनुसार तीन हप्ता वा सोभन्दा बढी समयसम्म खोकी लाग्ने, खकारमा रगत देखिने, सास फेर्न गाह्रो हुने, तौल घट्ने, अत्यधिक पसिना आउने वा थकान महसुस हुने जस्ता लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा परीक्षण गराउन आवश्यक हुन्छ।

कार्यक्रम डाक्टर सूर्य पराजुलीको संयोजकत्वमा सम्पन्न भएको थियो। र्‍यालीमा नाटा (NATA), बागमती सेवा समाज, बीएनएमटी नेपाल, युएनडीपी, उराँव मैत्री समाज लगायतका संस्थाहरू तथा एमबीबीएस अध्ययनरत १५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०