सनसाइन बोर्डिङ स्कुलले गर्‍यो एसइई दिने विद्यार्थीलाई शुभकामनासहित विदाइ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ चैत, २०८२
५ महिनाअघि

विराटनगर । विराटनगर–१ स्थित सनसाइन इंग्लिस बोर्डिङ स्कुलले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई औपचारिक रूपमा विदाइ गरेको छ ।

यसपालि एसइई परीक्षा दिने १९ जना विद्यार्थीहरूलाई शुक्रबार स्कुल परिसरमा एक कार्यक्रम आयोजना गर्दै स्कुलले विदाइ गरेको हो । कक्षा ९ का विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा विद्यालय परिवारले एसइई दिने १८औं ब्याचका विद्यार्थीहरूको आगामी शैक्षिक यात्राको सफलताको कामना गरेको थियो ।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य तथा सन्देशमूलक नाटकमार्फत विद्यार्थीहरूले आफ्ना अनुभव र भावना व्यक्त गरेका थिए । साना कक्षाका विद्यार्थीहरूले पनि आफ्ना अग्रजलाई शुभकामना दिँदै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।

स्कुलका प्रिन्सिपल बद्री रिजालले कक्षा १० का विद्यार्थीहरूलाई आसन्न एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न मेहनत, अनुशासन र आत्मविश्वासका साथ तयारीमा जुट्न सुझाव दिए । उनले विद्यालयले प्रदान गरेको ज्ञान र सीपलाई व्यवहारमा उतार्दै सफल भविष्य निर्माण गर्न आग्रह गरे ।

त्यस्तै, विद्यालयका सहायक प्रिन्सिपल टीका भुजेलले विद्यार्थीहरूलाई समय व्यवस्थापन गर्दै नियमित अध्ययन गर्न र परीक्षा केन्द्रित तयारीमा ध्यान दिन आग्रह गरे । उनले अभिभावक र शिक्षकको सहयोगलाई सही रूपमा उपयोग गर्न पनि सुझाव दिए ।

कार्यक्रममा विद्यालयका अध्यक्ष शिवकुमार खड्का, शिक्षक-शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो । २०५७ सालमा स्थापित उक्त विद्यालयमा करिब ४०० विद्यार्थी अध्ययनरत छन् । यसअघिका एसइईमा शतप्रतिशत उत्कृष्ट नतिजा ल्याइरहेको स्कुलले यसपालि सर्वोत्कृष्ट रिजल्ट ल्याउने दाबी गरेको छ ।

प्रकाशित समय: शुक्रबार ६ चैत, २०८२, १९:४७:०१

सम्बन्धित खबर

सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी

सोमबार १८ साउन, २०८३
१२ घण्टाअघि

मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय

सोमबार १८ साउन, २०८३
१३ घण्टाअघि

सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित

सोमबार १८ साउन, २०८३
१३ घण्टाअघि

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

सोमबार १८ साउन, २०८३
१४ घण्टाअघि

राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेशी आयोगको प्रतिवेदन पेस गर्ने

सोमबार १८ साउन, २०८३
१५ घण्टाअघि

सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

सोमबार १८ साउन, २०८३
१५ घण्टाअघि
सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी
सोमबार १८ साउन, २०८३
मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय
सोमबार १८ साउन, २०८३
सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित
सोमबार १८ साउन, २०८३
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
सोमबार १८ साउन, २०८३
राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेशी आयोगको प्रतिवेदन पेस गर्ने
सोमबार १८ साउन, २०८३
सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
सोमबार १८ साउन, २०८३
हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह
आईतबार १७ साउन, २०८३
निम्स दाइको निधनमा गाउँपालिकाद्वारा शोक बिदा घोषणा
आईतबार १७ साउन, २०८३
इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
आईतबार १७ साउन, २०८३
जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ युनिट रगत संकलन
आईतबार १७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०