सनसाइन बोर्डिङ स्कुलले गर्‍यो एसइई दिने विद्यार्थीलाई शुभकामनासहित विदाइ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ चैत, २०८२
७ महिनाअघि

विराटनगर । विराटनगर–१ स्थित सनसाइन इंग्लिस बोर्डिङ स्कुलले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई औपचारिक रूपमा विदाइ गरेको छ ।

यसपालि एसइई परीक्षा दिने १९ जना विद्यार्थीहरूलाई शुक्रबार स्कुल परिसरमा एक कार्यक्रम आयोजना गर्दै स्कुलले विदाइ गरेको हो । कक्षा ९ का विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा विद्यालय परिवारले एसइई दिने १८औं ब्याचका विद्यार्थीहरूको आगामी शैक्षिक यात्राको सफलताको कामना गरेको थियो ।

Advertisement

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, नृत्य तथा सन्देशमूलक नाटकमार्फत विद्यार्थीहरूले आफ्ना अनुभव र भावना व्यक्त गरेका थिए । साना कक्षाका विद्यार्थीहरूले पनि आफ्ना अग्रजलाई शुभकामना दिँदै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।

स्कुलका प्रिन्सिपल बद्री रिजालले कक्षा १० का विद्यार्थीहरूलाई आसन्न एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न मेहनत, अनुशासन र आत्मविश्वासका साथ तयारीमा जुट्न सुझाव दिए । उनले विद्यालयले प्रदान गरेको ज्ञान र सीपलाई व्यवहारमा उतार्दै सफल भविष्य निर्माण गर्न आग्रह गरे ।

त्यस्तै, विद्यालयका सहायक प्रिन्सिपल टीका भुजेलले विद्यार्थीहरूलाई समय व्यवस्थापन गर्दै नियमित अध्ययन गर्न र परीक्षा केन्द्रित तयारीमा ध्यान दिन आग्रह गरे । उनले अभिभावक र शिक्षकको सहयोगलाई सही रूपमा उपयोग गर्न पनि सुझाव दिए ।

कार्यक्रममा विद्यालयका अध्यक्ष शिवकुमार खड्का, शिक्षक-शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो । २०५७ सालमा स्थापित उक्त विद्यालयमा करिब ४०० विद्यार्थी अध्ययनरत छन् । यसअघिका एसइईमा शतप्रतिशत उत्कृष्ट नतिजा ल्याइरहेको स्कुलले यसपालि सर्वोत्कृष्ट रिजल्ट ल्याउने दाबी गरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध

शुक्रबार ७ कार्तिक, २०८३
२ दिनअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
२ दिनअघि

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना

मङ्गलबार ४ कार्तिक, २०८३
५ दिनअघि

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
६ दिनअघि
नेपालको कप्तान

शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै

सोमबार ३ कार्तिक, २०८३
६ दिनअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
७ दिनअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०