मोरङ – सवारी ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
मोरङ जिल्ला अदालत को मिति २०८१ असोज ४ गतेको फैसला अनुसार २ वर्ष ११ महिना ५ दिन कैद तथा रु. ३२ हजार जरिवाना तोकिएका मोरङ ग्रामथान गाउँपालिका–७ निवासी ३२ वर्षीय भाईराजा सरदार थारु लाई पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय हरैचा, मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई मिति २०८२ चैत ५ गते आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउपछि उनलाई आवश्यक कारबाहीका लागि जिल्ला कारागार मोरङमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।