विराटनगर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ।
महासंघले आज विज्ञप्ति जारी गर्दै एकैपटक यति धेरै मूल्य बढ्दा यातायात व्यवसायी र आम उपभोक्तालाई प्रत्यक्ष असर परेको उल्लेख छ । महासंघले वैज्ञानिक विधिको आधारमा भाडा समायोजन अनुसार वृद्धि गर्न माग गरेको छ ।
नेपाल आयल निगमले चैत २ गते रातिदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य बढाएको थियो ।
