मनमोहन कलेजमा किन जलाइयो चिनियाँ राष्ट्रपति सि जिनपिङको किताब ?

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १ चैत, २०८२
७ महिनाअघि

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका-४ हात्तीमूढास्थित मनमोहन स्मृति प्राविधिक विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सि जिनपिङको जीवनीसम्बन्धी किताब जलाइएको छ ।

कलेजले इन्जिनियरिङ ल्याब बनाउनका लागि कोठा खाली गराउँदा चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा राष्ट्रपति सि जिनपिङको जीवनीसम्बन्धी पुस्तक पनि जलाएको हो ।

Advertisement

रजिस्ट्रारको कार्यालयले ल्याबका लागि चाहिएको ठाउँमा राखिएका थोत्रा कागजात नष्ट गर्न दिएको निर्देशन पालना गर्दै कलेजको स्टोर शाखाले शनिबार साँझतिर दुई कार्टुनजति सि जिनपिङका किताब पनि जलाएको थियो ।

कलेज प्रशासनले पुस्तक तथा महत्त्वपूर्ण कागजातमा आगो लगाएको भन्दै विद्यार्थी र सञ्चारकर्मी पुगेपछि केही समय कलेज परिसरमा विवादको अवस्था सिर्जना भएको थियो । जसक्रममा इन्जिनियरतर्फकी डिन डा. रेखा श्रेष्ठले सूचना संकलनका लागि पुगेका पत्रकारलाई बिदाको दिन पनि किन रिपोर्टिङ गर्नुपर्‍यो भन्दै क्यामेरा खोस्न खोजेर दुर्व्यवहार गरेकी थिइन् ।

पुस्तक जलाइएको दृश्य देखेपछि आशंकित विद्यार्थीहरूले घटनाबारे स्पष्टीकरण लिन खोज्दा उल्टै सूचना दिने विद्यार्थीलाई नै कारबाहीको चेतावनी दिएकी थिइन् ।

जिनपिङको किताब कहाँबाट र कसरी आए अनि त्यसलाई अकस्मात जलाउनुपर्ने अवस्था किन आयो भन्ने विषयमा कलेज प्रशासनसँग जानकारी लिएका थियौं ।

जसमा प्रशासनले तत्कालीन मनमोहन स्मृति प्रतिष्ठानको कार्यालयलाई दाताबाट प्राप्त भएको दुई कार्टुन किताब थोत्रा कागजसँगै राखेर नष्ट गरिएको बताएको छ ।

धमिराले खाएका कापी-किताबसँगै केही किताब जलाएर नष्ट पारिएको प्रशासनले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०