किशोरी साहको रिटमा सुनुवाइ सकियो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २९ फाल्गुण, २०८२
३ महिनाअघि

विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा धनुषा १ मा उम्मेदवारी खारेज भएपछि रास्वपाका किशोरी साहले दायर रिटमा सुनुवाइ सकिएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा रिटमाथिको सुनुवाइ सकिएको हो । उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध साहले फागुन १९ गते रिट दायर गरेका थिए ।

बिहीबार न्यायाधीश सारंगा सुवेदीकै इजलासले उम्मेदवार बनेका साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको थियो । गलत ढंगले आफ्नो नाम कालोसूचीमा राखिएको दाबीसहित साह सर्वोच्च अदालत पुगेका थिए ।

निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरे पनि फागुन २१ को निर्वाचनमा उनको चुनाव चिह्न घण्टीमा धेरै भोट आएको थियो । उनको उम्मेदवारी खारेज भएको अवस्थामा उनीभन्दा धेरै कम मत पाएका नेकपाका उम्मेदवार मातृका यादवलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको थियो ।

प्रकाशित समय: शुक्रबार २९ फाल्गुण, २०८२, १५:५९:२०
बजेटले आर्थिक वृद्धि र रोजगारीको स्पष्ट दिशा दिन सकेन : वर्षमान पुन
शनिवार २३ जेठ, २०८३
मधेश प्रदेशको बजेट खर्च २० प्रतिशत पनि पुगेन, जेठ २१ सम्म १९.४ प्रतिशत मात्रै खर्च
शनिवार २३ जेठ, २०८३
१५ वर्षीय वैभव सूर्यवंशी पहिलोपटक भारतीय सिनियर टोलीमा, श्रेयस अय्यर कप्तान
शनिवार २३ जेठ, २०८३
परराष्ट्रमन्त्री र विजय चौथाइवालेबिच भेटवार्ता
शनिवार २३ जेठ, २०८३
विश्व वातावरण दिवस : अलायन्स युवा क्लबको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न
शनिवार २३ जेठ, २०८३
धनकुटाको चौबिसे गाउँपालिकाको आयोजना गर्यो निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, १८० जना लाभान्वित
शनिवार २३ जेठ, २०८३
रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु
शनिवार २३ जेठ, २०८३
अण्डाको मूल्य फेरि बढ्यो
शनिवार २३ जेठ, २०८३
श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ कुमार थापा पक्राउ
शनिवार २३ जेठ, २०८३
विश्व वातावरण दिवसमा बर्जुमा वृक्षारोपण कार्यक्रम सम्पन्न
शुक्रबार २२ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०