काठमाडौं — कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले राजीनामा दिएका छन्।
उनले तीनकुनेस्थित कान्तिपुरको न्यूजरूममा पत्रकारहरूमाझ आफ्नो राजीनामाबारे जानकारी गराएका हुन्। चौहानले करिब पाँच वर्षसम्म कान्तिपुरको सम्पादकीय नेतृत्व सम्हालेका थिए।
उनले नयाँ प्रधान सम्पादक नियुक्त नभएसम्म नेतृत्व सम्हालिरहने बताएका छन्। साथै, आफूले सोचविचार गरेरै र समझदारीपूर्वक पद छाड्ने निर्णय गरेको जानकारी दिएका छन्।