झापा — गए राति आएको हुरीका कारण रुख ढल्दा हल्दिबारी गाउँपालिका–२ मा एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हल्दिबारी–२ की १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो।
प्रहरीका अनुसार आफ्नै घरमा सुतिरहेका बेला हुरीले रुख लड्दा उनी किचिएकी थिइन्। घटनास्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ।