कोशी प्रदेशमा एक लाख ३० हजार मत बदर

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २८ फाल्गुण, २०८२
५ महिनाअघि

विराटनगर । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट कोशी प्रदेशमा एक लाख ३० हजार ८४७ मत बदर भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरले निर्वाचनमा प्रदेशभर उक्त संख्यामा मत बदर भएको जनाएको छ ।

निर्वाचनमा कोशी प्रदेशका १४ जिल्लाका २८ निर्वाचन क्षेत्रबाट २० लाख ८४ हजार २१९ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । खसेकोमध्ये १९ लाख ५३ हजार ३७२ मत मात्रै सदर भए । बाँकी मत बदर भएको कार्यालयको तथ्यांक छ ।

ताप्लेजुङमा दुई हजार ६८६, पाँचथरमा तीन हजार ८९७, इलाम क्षेत्र नम्बर १ मा चार हजार ५६६ र क्षेत्र नम्बर २ मा तीन हजार ८९५ मत बदर भएको छ । झापा जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा पनि उल्लेखनीय संख्यामा मत बदर भएको छ । झापा–१ मा चार हजार २६९, झापा–२ मा चार हजार ४६९, झापा–३ मा पाँच हजार ६२९, झापा–४ मा चार हजार ७६८ र झापा–५ मा चार हजार २१९ मत बदर भएको प्रदेश निर्वाचन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

पहाडी जिल्लाहरूमा पनि बदर मतको संख्या कम छैन । संखुवासभामा तीन हजार ७८०, तेह्रथुममा एक हजार ९०९, भोजपुरमा तीन हजार ८७१ र धनकुटामा चार हजार ८८३ मत बदर भएको छ । मतदातालाई मतदान प्रक्रियाका बारेमा पर्याप्त र स्पष्ट जानकारी नहुँदा मत बदर हुने समस्या दोहोरिने गरेको छ ।

मोरङमा बदर मतको संख्या तुलनात्मक रूपमा अझै बढी देखिएको छ । मोरङ–१ मा चार हजार ८३७, मोरङ–२ मा छ हजार ५०, मोरङ–३ मा छ हजार ८२७, मोरङ–४ मा पाँच हजार २५६, मोरङ–५ मा सात हजार ८८९ र मोरङ–६ मा पाँच हजार ६४४ मत बदर भएका छन् । विशेष गरी मोरङ क्षेत्र नं ५ मा सबैभन्दा बढी १० दशमलव ४४ प्रतिशत मत बदर भएको छ । मोरङ–५ को बदर मतको संख्या प्रदेशकै उच्च हो ।

सुनसरीमा बदर मत उल्लेखनीय रहेको छ । सुनसरी–१ मा चार हजार ४८९, सुनसरी–२ मा छ हजार २२९, सुनसरी–३ मा पाँच हजार ६११ र सुनसरी–४ मा छ हजार ६७४ मत बदर भएको छ । त्यस्तै, सोलुखुम्बुमा एक हजार ९९०, खोटाङमा तीन हजार ९२८, ओखलढुंगामा तीन हजार ३५६, उदयपुर–१ मा पाँच हजार ५४७ र उदयपुर–२ मा तीन हजार ६७३ मत बदर भएको छ ।

प्रदेशभर सबैभन्दा कम मत बदर झापा क्षेत्र–५ मा भएको छ । त्यहाँ तीन दशमलव ९६ प्रतिशत मत बदर भएको छ ।

प्रकाशित समय: बिहिबार २८ फाल्गुण, २०८२, ०७:३०:२४
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०