कानेपोखरीमा निर्वाचन बहिष्कार आह्वान गर्ने नेकपाका मोरङ इन्चार्ज र सचिव पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २० फाल्गुण, २०८२
५ महिनाअघि

कानेपोखरी । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का मोरङ जिल्ला इन्चार्ज र जिल्ला सचिवलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले दिउँसो करिब ४:३० बजे मोरङको कानेपोखरी गाउँपालिका–६ बुद्धचोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–१० निवासी ५६ वर्षीय कृष्णप्रसाद चम्लागाईं (मोरङ जिल्ला इन्चार्ज) र झापा दमक नगरपालिका–५ निवासी ३७ वर्षीय सुमन पौडेल (मोरङ जिल्ला सचिव) रहेका छन् ।

प्रहरीका अनुसार उनीहरू निर्वाचन बहिष्कारसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोप छ ।

साथै, सोही दिन दिउँसो करिब १२:१५ बजे सुन्दरहरैंचा नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ फेला परेको शंकास्पद ‘होक्स बम’ घटनासँग उनीहरूको संलग्नता हुन सक्ने आशंकामा समेत अनुसन्धान अघि बढाइएको छ ।

पक्राउ परेकाहरूबाट को ६ प ५११६ नम्बरको मोटरसाइकल १ थान, विभिन्न कम्पनीका मोबाइल ५ थान, पार्टीको झण्डा १ थान तथा पर्चा–पम्प्लेट १०७ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

हाल उनीहरूलाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रकाशित समय: बुधबार २० फाल्गुण, २०८२, २१:२८:०७

सम्बन्धित खबर

सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी

सोमबार १८ साउन, २०८३
१९ घण्टाअघि

मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय

सोमबार १८ साउन, २०८३
२० घण्टाअघि

सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित

सोमबार १८ साउन, २०८३
२० घण्टाअघि

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

सोमबार १८ साउन, २०८३
२१ घण्टाअघि

राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेशी आयोगको प्रतिवेदन पेस गर्ने

सोमबार १८ साउन, २०८३
२२ घण्टाअघि

सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

सोमबार १८ साउन, २०८३
२२ घण्टाअघि
सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी
सोमबार १८ साउन, २०८३
मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय
सोमबार १८ साउन, २०८३
सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित
सोमबार १८ साउन, २०८३
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
सोमबार १८ साउन, २०८३
राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेशी आयोगको प्रतिवेदन पेस गर्ने
सोमबार १८ साउन, २०८३
सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
सोमबार १८ साउन, २०८३
हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह
आईतबार १७ साउन, २०८३
निम्स दाइको निधनमा गाउँपालिकाद्वारा शोक बिदा घोषणा
आईतबार १७ साउन, २०८३
इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
आईतबार १७ साउन, २०८३
जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ युनिट रगत संकलन
आईतबार १७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०