मतदानको पूर्वसन्ध्यामा कटहरीबाट बरामद भयो ४ लाख ६२ हजार, उम्मेदवारले मतदातालाई बाँड्न पठाएको आशंका !

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २० फाल्गुण, २०८२
७ महिनाअघि

विराटनगर । मतदानको पूर्वसन्ध्यामा मोरङको कटहरी गाउँपालिबाट ४ लाख ६२ हजार रुपैयाँ बरामद भएको छ । मोरङ प्रहरीले कटहरी गाउँपालिका–३ स्थित हुलाकी सडकखण्डबाट ४ लाख ६२ हजार ५ सय रुपैयाँ नगद फेला पारेको हो ।

मंगलबार मध्यराति गरिएको सवारी चेकजाँचका क्रममा स्रोत नखुलेको उक्त नगद रकम बरामद गरेको प्रहरीले रकम ओसारपसारमा प्रयोग गरिएको पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

Advertisement

पक्राउ पर्नेमा जहदा गाउँपालिका–२ का अन्दाजी २४ वर्षीय विशाल टुडू रहेका छन् ।

विशेष सूचनाका आधारमा मंगलबार बिहानका राति करिब १ः३५ बजे चेकजाँच गर्दा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–००२ च ६६१० नम्बरको टाटा योद्धा पिकअप गाडी रोकेर खानतलासी गर्दा नगद फेला पारेको हो ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार गाडी विराटनगरबाट कटहरीतर्फ जाँदै थियो । बरामद रकम, गाडी र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर विभिन्न कोणबाट अनुसन्धान थालिएको एसपी कटवालको भनाइ छ ।

निर्वाचनका बेला पैसा बाँडेर आम मतदातालाई प्रलोभनमा पार्नका लागि यो रकम ओसारपसार भइरहेको हो कि भन्ने प्रहरीको आशंका छ । मंगलबार राति मात्रै जहदातिर मोरङ ५ का एक उम्मेदवारले आफ्ना प्रतिनिधि खटाएर मतदातालाई रकम वितरण गरिरहेको भन्ने खबर प्राप्त भएको थियो ।

यद्यपि, रकमको स्रोतबारे चालक टुडूले स्पष्ट जवाफ दिन सकेका छैनन् । रकमको वास्तविक स्रोतका बारेमा पत्ता लगाउन विस्तृत अनुसन्धान जारी रहेको र तथ्य पुष्टि भएपछि मात्रै औपचारिक निष्कर्षमा पुगिने प्रहरीले स्पष्ट पारेको छ ।

प्रहरीले उक्त रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने पनि आशंका गरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०