हेरिटेज इन्टरनेशनलका विद्यार्थी बने ब्लक बेस कोडिङ च्याम्पियन

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १७ फाल्गुण, २०८२
५ महिनाअघि

विराटनगर । विराटनगरमा पहिलोपटक आयोजना गरिएको जुनियर कोड फिस्टअन्तर्गगत ब्लक बेस्ड कोडिङ विधातर्फ हेरिटेज इन्टरनेशनल स्कुल विराटनगरका विद्यार्थी च्याम्पियन बनेका छन् ।

मेरो कोडिङ क्लास र क्लोभ आइटी विराटनगरको आयोजनामा भएको प्रतिस्पर्धामा सात स्कुलका १६ विद्यार्थीहरू सम्मेलित टिमको सहभागिता रहेको थियो ।

प्रतिस्पर्धामा हेरिटेजबाट प्रतिनिधित्व गरेका कक्षा ५ का श्रीयोग नेपाल, आरोहण रेग्मी र कक्षा ४ मा अध्ययनरत उत्कर्ष रोहन दासको टिम च्याम्पियन बनेको हो ।

हेरिटेजका विद्यार्थीहरुले तयार पारेको जमेट्री ड्यास ब्लक बेस्ड कोडिङतर्फ उत्कृष्ट बनेको हो ।

ब्लक बेस्ड कोडिङतर्फ च्याम्पियन बनेका विद्यार्थीहरुले नगद २५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजक क्लोभ आईटी विराटनगरका प्रवन्ध निर्देशक नरेन्द्र कर्णले जानकारी दिए ।

हेरिटेजको यही टिमले दुई साता अघि मेरो कोडिङले काठमाडौंमा आयोजना गरेको देशब्यापी कोडिङ किकस्टार्टमा फाइनल चरणसम्म आफ्नो स्थान बनाएको थियो ।

यस्तै, जुनियर कोड फिस्टअन्तर्गत एप डेभ्लपमेन्टतर्फ मदर टेरेसाका तीन विद्यार्थीको समूह र आइओटी एन्ड रोबोटिक्सतर्फ ग्रेडेड इङलिस मिडियम सेकेन्डरी स्कुल विराटनगरका ३ विद्यार्थीको समूह च्याम्पियन बनेको छ ।

यी दुई विजेता समूहका विद्यार्थीहरुले पनि सामूहिक रुपमा २५ हजारको पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा ब्लक बेस्ड कोडिङ विधा तर्फ ३ देखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थी, एप डेभ्लपमेन्टतर्फ ६ र ७ कक्षा तथा आइओटी एन्ड रोबोटिक्सतर्फ कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

तीनै विधाका च्याम्पियन विद्यार्थीहरुलाई कार्यक्रममा प्रमुख अतिथि मेरो कोडिङका प्रवन्ध निर्देशक सविन कार्की , क्लोभ आईटीका प्रवन्ध निर्देशक कर्णलगायतका अतिथिहरुले पुरस्कृत गरेका थिए ।

जुनियर कोड फिस्टमा विराटनगरका हेरिटेज इन्टरनेशनलसहित पोखरिया स्कुल, डीएभी स्कुल, ग्रिन पिस एकेडेमी, अरनिको आवसिय स्कुल, मदर टेरेसा र ग्रेडेड इङलिस मिडियम सेकेन्डरी स्कुलका विद्यार्थीहरु सहभागी भएका थिए ।

सहभागी ७ विद्यालयका १६ समूहमा रहेका विद्यार्थीहरुले तयार पारेको सामग्रीको अवलोकन र प्रस्तुतीपछि निर्णायक मण्डलीहरुको मतबाट विजेताहरु घोषणा गरिएको कर्णले जानकारी दिए ।

स्नातक तहमा गएर अध्ययन गर्नुपर्ने आईटीका प्रयोगात्मक अभ्यासलाई ग्रास रुटबाटै अघि बढाउन यो प्रतियोगिता आयोजना गरिएको कर्णले बताए ।

मेरो कोडिङ क्लास र क्लोभ आईटीले विराटनगरमा कोडिङ अध्ययन गरिरहेका विद्यालयहरूबीच यो प्रतिस्पर्धाको आयोजना गरेको हो ।

प्रकाशित समय: आईतबार १७ फाल्गुण, २०८२, १५:२२:२९

सम्बन्धित खबर

सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी

सोमबार १८ साउन, २०८३
२० घण्टाअघि

मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय

सोमबार १८ साउन, २०८३
२१ घण्टाअघि

सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित

सोमबार १८ साउन, २०८३
२१ घण्टाअघि

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

सोमबार १८ साउन, २०८३
२२ घण्टाअघि

राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेशी आयोगको प्रतिवेदन पेस गर्ने

सोमबार १८ साउन, २०८३
२३ घण्टाअघि

सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

सोमबार १८ साउन, २०८३
२३ घण्टाअघि
सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी
सोमबार १८ साउन, २०८३
मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय
सोमबार १८ साउन, २०८३
सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित
सोमबार १८ साउन, २०८३
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
सोमबार १८ साउन, २०८३
राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेशी आयोगको प्रतिवेदन पेस गर्ने
सोमबार १८ साउन, २०८३
सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
सोमबार १८ साउन, २०८३
हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह
आईतबार १७ साउन, २०८३
निम्स दाइको निधनमा गाउँपालिकाद्वारा शोक बिदा घोषणा
आईतबार १७ साउन, २०८३
इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
आईतबार १७ साउन, २०८३
जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ युनिट रगत संकलन
आईतबार १७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०