निर्वाचन आचारसंहिताविपरीत रंगेली बजारमा खुलेआम बिक्री हुँदै बालेन-रविका तस्बिर भएका टिसर्ट

निश्चल ढकाल
शनिवार १६ फाल्गुण, २०८२
६ महिनाअघि

रंगेली । मोरङको रंगेली बजारमा रास्वपाका उम्मेदवारद्वय रवि लामिछाने र बालेन्द्र साहको तस्बिर भएका टिसर्ट खुलेआम बिक्री हुने गरेको पाइएको छ । निर्वाचन आयोगको आचारसंहिताविपरीत रंगेलीका कपडा पसलेले बालेन- रवि अंकित होलीलक्षित टिर्सट खुलेआम बिक्री गर्दा प्रशासन मुकदर्शक बनेको छ ।

निर्वाचन आयोगको आचारसंहिता २०८२ ले चुनाव अवधिभरि कुनै पनि राजनीतिक दल वा उम्मेदवारको नाम र तस्बिर अंकित टिसर्ट बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । आयोगले पार्टी र उम्मेदवार अंकित टिसर्टमात्र नभएर ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी-क्याप, गम्छा, मास्क, लकेट वा अन्य किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटुजस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न वा प्रदर्शन गर्न गराउन नहुने जनाएको छ ।

तर, रंगेलीका कपडा पसलेले भने आयोगको नियमलाई अटेर गर्दै खुलेआम पसलमा डिस्पे गरेर टिसर्ट बेच्ने गरेका छन् । यस्तै रंगेलीमा साइकल वा सफारीमा यस्ता टिसर्ट प्रदर्शन गर्दै बिक्री गर्नेक्रम बढ्दो देखिएको छ । अझ, आयोग वा स्थानीय प्रशासनले अनुगमन नगर्दा व्यापारीहरूको मनोबल बढेको भन्दै स्थानीय असन्तुष्ट बनेका छन् ।

‘यसरी खुलेआम पार्टी र उम्मेदवारको तस्बिर अंकित बिक्री गर्दा आममतदाताको मनोभाव फेरबदल हुन सक्छ,’ एक स्थानीय भन्छन्,’ सकेसम्म व्यापारीले यस्ता सामग्री बेच्नु हुँदैन र प्रशासनले बेलैमा यसको अनुमगन गरी सबै पसलेबाट यस्ता सामग्री जफत गनर्’पर्छ ।’

यता, प्रहरी प्रशासनले भने शनिबारमात्रै रंगेली बजारबाट ४९ थान टिसर्ट बरामद गरेको जनाएको छ । स्थानीयको सूचनापछि रंगेलीका विभिन्न कपडा पसलबाट दल वा उम्मेदवार अंकित टिर्सट बेचिरहेको स्थानबाट त्यस्ता कपडा बरामद गरिएको इलाका प्रहरी कार्यालय, रंगेलीका इन्सपेक्टर नगेन्द्र बोगटीले शब्द एक्सप्रेसलाई जानकारी दिए ।

उनका अनुसार प्रहरी नायब उपरीक्षक पुरुपोत्तम पाण्डेको नेतृत्वको प्रहरी टोलीले उक्त कपडा बरामद गरेको हो । निर्वाचन अवधिभरि यस्ता टिसर्ट बेच्न नपाइने बताउँदै यस्तो कार्य दोहोरिएमा कपडा पसलेलाई कारबाही हुने उनको चेतावनी छ ।

प्रकाशित समय: शनिवार १६ फाल्गुण, २०८२, १५:२०:५६
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०