झापामा भारतीय नम्बर प्लेटका गाडीबाट नक्कली कागजातसहित ८ जना पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १४ फाल्गुण, २०८२
६ महिनाअघि

झापा— भारतीय नम्बर प्लेटका दुई सवारी साधनमार्फत शंकास्पद रूपमा नेपाल प्रवेश गरेका ७ जना भारतीय नागरिक र १ नेपाली नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार नियमित चेकजाँचका क्रममा डब्लुबी ०६ एक्स ०३०० नम्बरको टोयोटा फर्चुनर र डब्लुबी ०६ यु ३००६ नम्बरको मारुती सुजुकी बालेनो गाडीबाट विभिन्न नक्कली कागजात बरामद गरिएको हो। बरामद कागजातमा परिचयपत्र, कर चुक्ता प्रमाणपत्र, नेपाल सरकारको छाप प्रयोग गरिएका कागजात तथा भारतीय सवारी चालक अनुमति पत्र रहेका छन्।

पक्राउ पर्नेहरूमा भारतको पश्चिम बंगाल राज्यका अरिन्दम धर, दिपा भौमिक, सुमन सरकार, नुर कलाम सेख, अबेद अली होसैन, फारुक अज्मी तथा झापा कमल गाउँपालिकाका देवेन्द्र सापकोटा रहेका छन्।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेकामाथि सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको छ।

घटना गम्भीर प्रकृतिको देखिएकाले सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडाइ गरिने प्रहरीले जनाएको छ।

प्रकाशित समय: बिहिबार १४ फाल्गुण, २०८२, ०८:२२:५३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०