फागुन २१ पछि कांग्रेस नेतृत्वको सरकार बन्छ : ज्ञानेन्द्र कार्की

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १० फाल्गुण, २०८२
८ महिनाअघि

सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नं. ४ का नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

देशभर देखिएको राजनीतिक माहोल कांग्रेसको पक्षमा उन्मुख रहेको उल्लेख गर्दै उनले यसपटक जनताले स्थिरता र विकासको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे । हरिनगर गाउँपालिका–१ वडा कार्यसमितिले आयोजना गरेको चुनावी कार्यक्रममा सम्बोधन गर्दै कार्कीले आफूलाई अनुभवी तथा सबैलाई मिलाएर लैजान सक्ने नेताको रूपमा प्रस्तुत गरेका छन् ।

Advertisement

उनले विभिन्न राजनीतिक धार र समुदायबीच समन्वय कायम गर्दै अघि बढ्नु नै वर्तमान समयको आवश्यकता भएको बताए । “देशमा पटक–पटक सरकार परिवर्तन हुँदा विकास निर्माणका काम प्रभावित भएका छन्,” उनले भने, “अब स्थिर, समावेशी र जिम्मेवार सरकार आवश्यक छ, जसले सबै पक्षलाई साथमा लिएर अघि बढ्न सक्छ। त्यो क्षमता कांग्रेससँग छ ।”
कार्कीले सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा विगत केही वर्षमा भएका विकास निर्माणका कार्यहरूको चर्चा गर्दै सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सिंचाइ क्षेत्रमा भएको प्रगतिलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।

२०७४ अघिको अवस्था र अहिलेको अवस्थाबीच स्पष्ट अन्तर देखिएको उनको दाबी थियो । “मैले यो क्षेत्रको विकासका लागि निरन्तर प्रयास गरेको छु, आगामी दिनमा अझ तीव्र गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” उनले भने ।
उनले हालै बंगलादेशमा सम्पन्न निर्वाचनको उदाहरण दिँदै जनमतले कहिलेकाहीँ राजनीतिक विश्लेषणभन्दा फरक परिणाम दिन सक्ने उल्लेख गरे। “जनताको अन्तिम निर्णय नै निर्णायक हुन्छ,” उनले भने, “नेपालमा पनि जनताको समर्थन कांग्रेसतर्फ केन्द्रित हुँदै गएको छ भन्नेमा म विश्वस्त छु ।”

कार्कीले राजनीतिक स्थायित्व, आर्थिक सुधार, रोजगारी सिर्जना, कृषिको आधुनिकीकरण र सुशासनलाई आफ्नो प्राथमिकता रहेको बताए । उनले युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने, किसानलाई प्राविधिक सहयोग र बजार सुनिश्चित गर्ने तथा स्थानीय तहसँग समन्वय गरी समग्र क्षेत्रको सन्तुलित विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा सहभागी स्थानीय नेता तथा कार्यकर्ताहरूले आगामी निर्वाचनमा एकजुट भएर कांग्रेसका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा विभिन्न वडाबाट आएका सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा कार्कीले लोकतन्त्रको सुदृढीकरण र स्थिर सरकार गठनका लागि विवेकपूर्ण मतदान गर्न मतदातासँग आग्रह गरे ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०