रतुवामाई । नेपाली सेनाले रतुवामाईमा भिडियो खिचेको भन्दै एक जनालाई कुटपिट गरेको छ ।
नेपाली सेनाले गस्ती गरेको भिडियो खिचेको आरोपमा रतुवामाई नगरपालिका–१ सोनापुरका २२ वर्षीय श्याम गिरीलाई शनिबार कुटपिट गरेको छ ।
निर्वाचन सुरक्षाका लागि गस्ती गरिरहेको भिडियो खिचेको आरोपमा रतुवामाई नगरपालिका–१ सोनापुरमा नेपाली सेनाले गिरीलाई कुटपिट गरेको हो ।
जनताको सुरक्षाका लागि गस्ती गरिरहेको अवस्थामा भिडियो खिचेको भनेर नेपाली सेनाको गस्ती टोलीले एक झापड हिर्काएको र भिडियो डिलिट गर्न लगाएको वडाध्यक्ष घनश्याम गिरीले बताए ।
सेनाले निर्घात कुटपिट गरेको नभइ एक झापड मात्र हिर्काएको वडाध्यक्ष गिरीको भनाइ छ ।