गुगलले सार्वजनिक गर्‍यो जीमीनी ३.१ प्रो, तर्क क्षमतामा महत्वपूर्ण सुधारको दाबी

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ९ फाल्गुण, २०८२
७ महिनाअघि
सर्च इन्जिन गुगलकाे फाेटाे

प्रविधि कम्पनी गूगलले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल ‘जीमीनी ३.१ प्रो’ सार्वजनिक गरेको छ। जटिल समस्या समाधानमा अझ सशक्त क्षमता प्रदान गर्ने लक्ष्यसहित यो मोडेल ल्याइएको कम्पनीले जनाएको छ।

गत नोभेम्बर १९ मा ‘जीमीनी ३ प्रो’ सार्वजनिक गरेको तीन महिनापछि गुगलले यसको उन्नत संस्करण ‘जीमीनी ३.१ प्रो’ बजारमा ल्याएको हो। कम्पनीका अनुसार नयाँ मोडेलले मुख्य तर्कशक्तिमा महत्वपूर्ण सुधार गर्दै जटिल चुनौतीहरू सामना गर्न अझ सक्षम आधार तयार गरेको छ।

गुगलले दाबी गरेको छ कि जीमीनी ३.१ प्रोले विभिन्न एआई बेन्चमार्कहरूमा अघिल्लो संस्करण ‘जीमीनी ३ प्रो’ तथा अन्य कम्पनीका प्रतिस्पर्धी मोडेलहरूभन्दा उत्कृष्ट प्रदर्शन गरेको छ।

कम्पनीका अनुसार यो मोडेल साधारण उत्तर पर्याप्त नहुने अवस्थाका लागि तयार गरिएको हो। यसले बहु–स्तरीय कार्य तथा जटिल प्रश्नहरू समाधान गर्न उन्नत तर्क प्रविधि प्रयोग गर्छ। जीमीनी ३.१ प्रोले जटिल विषयहरूको स्पष्ट र दृश्यात्मक व्याख्या तयार गर्न, ठूलो परिमाणको तथ्यांकलाई एकीकृत रूपमा विश्लेषण गर्न तथा सिर्जनात्मक कार्यप्रवाहमा सहयोग पुर्‍याउन उपयोगी हुने दाबी गरिएको छ।

यो मोडेल जीमीनी एपमार्फत सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ। तर गुगल एआई प्रो र गुगल एआई अल्ट्रा सदस्यहरूले उच्च प्रयोग सीमा पाउनेछन्। साथै, यो मोडेल नोटबुक एलएममा पनि उपलब्ध गराइएको भए पनि त्यहाँ पहुँच भने प्रो र अल्ट्रा सदस्यहरूमा मात्र सीमित गरिएको छ।

नयाँ संस्करण सार्वजनिक भएसँगै जेनरेटिभ एआई क्षेत्रमा तर्क क्षमता सुदृढ गर्ने प्रतिस्पर्धा थप तीव्र बनेको विश्लेषण गरिएको छ।

प्रकाशित समय: शनिवार ९ फाल्गुण, २०८२, ११:३४:२७

सम्बन्धित खबर

बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन

शुक्रबार ९ असोज, २०८३
१५ घण्टाअघि

 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए

शुक्रबार ९ असोज, २०८३
१६ घण्टाअघि

आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो

शुक्रबार ९ असोज, २०८३
१८ घण्टाअघि

एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात

शुक्रबार ९ असोज, २०८३
१९ घण्टाअघि

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द

शुक्रबार ९ असोज, २०८३
२० घण्टाअघि

बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड

शुक्रबार ९ असोज, २०८३
२२ घण्टाअघि
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०