मापसे गरेका वडाध्यक्षले चलाएको गाडीमा मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ६ फाल्गुण, २०८२
६ महिनाअघि

धनगढी । कैलालीको कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष दीपेन्द्र बमले चलाएको गाडीमा विपरित दिशाबाट आएको मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मोटरसाइकल चालक कैलारी गाउँपालिका–५ की अन्दाजी ३३ वर्षीया ईप्सा चौधरीको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर चौधरीलाई उपचारका लागि धनगढी ल्याइएको थियो । उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

वडाअध्यक्ष बमले चलाएको भे १ च ४२७५ नम्बरको महेन्द्रा कोरेक्स गाडी र विपरित दिशाबाट आउँदै गरेको से ५ प २७८२ नम्बरको मोटरसाइकल आज कैलारीकै हसुलियास्थित इलाका प्रहरी कार्यालय नजिक एकआपसमा ठोक्किएको थियो ।

दुर्घटनामा ४० वर्षीय वडा अध्यक्ष बमसहित कैलारी गाउँपालिका–७ भुइँयाफाँटाका ५० वर्षीय ताराप्रसाद चौधरी, ३१ वर्षीय कमलेस चौधरी र ३४ वर्षीय बलिराम चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

वडा अध्यक्षले अत्यधिक मापसे सेवन गरेर गाडी चलाएको आरोप लगाइए पनि स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछिमात्रै थाहा हुने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए ।

प्रकाशित समय: बुधबार ६ फाल्गुण, २०८२, ०८:००:१३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०